
गणतन्त्र दिवसमा कोइरालाको कैद सजाय माफी
सवारी ज्यान मुद्धामा कैद सजाय भोगिरहेका पालुङटार नगरपालिका–९ का सुनिल कोइरालाको सजाय माफी भएको छ । गणतन्त्र दिवसको अवसर पारेर उनको बाँकी सजाय माफी गरिएको गोरखा कारागारले जनाएको छ ।
‘यहाँबाट हामीले नाम सिफारिस गरेर पठाएका थियौ, राष्ट्रपतिको कार्यालयले त्यसलाई सदर ग¥यो,’ गोरखा कारागार कार्यालयका प्रमुख गणेश भट्टराइले बताए ।
उनका अनुसार कोइरालाले ५० प्रतिशतभन्दा बढी सजाय भुक्तान गरिसकेका थिए ।
२०७८ साल जेठ २३ गते थुनामा रहेका कोइरालालाई २०८१ साल जेठ २२ गतेसम्म कैद सजाय सुनाइएको थियो ।




