
बुंकोटका किसानलाई दुहुना भैसी वितरण
सहिदलखन गाउँपालिका वडा नम्वर ७ का कृषकहरुलाई दुहुना भैसी वितरण गरिएको छ । गाउँपालिकाको पशुपालन भैसी प्रवद्र्धन कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा भैसी वितरण गरिएको हो ।
आइतवार एक कार्यक्रमका बिच आठ जना कृषकलाई भैसी वितरण भएको वडाध्यक्ष शरण श्रेष्ठले बताए । ‘कार्यक्रमका लागि १२ जना कृषक छनोट भएका थिए,’ उनले भने, ‘आठ जनालाई वितरण भयो, अब केही दिनमा बाँकी किसानहरुलाई वितरण हुन्छ ।’
किसानलाई आत्मनिर्भर बनाउने उदेश्यले भैसी वितरण गरिएको उनले जानकारी दिए ।




