
गोरखा समाज हङकङमा श्रेष्ठ
गोरखा समाज हङकङको सातौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट मनकाजी श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
जसको बरिष्ठ उपाध्यक्षमा रविन गुरुङ, उपाध्यक्षमा रन्जित कुमार श्रेष्ठ र शान्त गुरुङ, महासचिवमा सागर गुरुङ, सचिव अमृत गुरुङ, कोषाध्यक्षमा इश्वर गुरुङ र उपकोषाध्यक्षमा श्री प्रसाद गुरुङ चयन भएका छन् ।
सदस्यहरुमा दिप कुमार गुरुङ, गणेश गुरुङ, अनिल थापा, गम्भिर गुरुङ, अर्जुन गुरुङ, नविन थापा, तेज बहादुर गुरुङ र सुकमान गुरुङ रहेका छन् । प्रवक्तामा शम्भु कार्की चयन भएका छन् ।




