| बुधबार, कार्तिक २५, २०८३

कृषि ज्ञान केन्द्रको गाडी प्रहरी नियन्त्रणमा

सार्वजनिक बिदाको दिन सरकारी गाडी दुरुपयोग गरेको भन्दै कृषि ज्ञान केन्द्रको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ग १ झ ५३२ नम्वरको गाडी शनिवार साँझ करिव नौ बजे नारेश्वरको पडेनी चौताराबाट नियन्त्रणमा लिइएको एसपी अनुपम श्रेष्ठले बताए ।

‘गरिवि निवारण कार्यक्रम गोठखोर सुधार कार्यक्रमको अनुगमनका लागी कार्यालय प्रमुख र लेखा अधिकृत गाडी लिएर जानुभएको रहेछ,’ उनले भने, ‘प्रदेश स्तरीय कृषि तथा उर्जा मन्त्रालयको स्वीकृती त रहेछ, तर मन्त्रालयले यसरी पास जारी गर्न मिल्दैन, त्यसैले हामीले नियन्त्रणमा लिएका हौ ।’ जिल्ला प्रशासन कार्यालयको अनुमती बिना सार्वजनिक बिदाको दिन गाडी चलाएकाले नियन्त्रणमा लिइएको उनले बताए ।

आवश्यक कारवाहीका लागी गाडीलाई आज जिल्ला प्रशासन कार्यालय पठाइने बताइएको छ । कार्यालय प्रमुख र लेखा अधिकृतलाई आइतवार प्रशासनमा उपस्थित हुने गरी छाडिएको एसपी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्