
संरक्षणको पर्खाइमा होल्सिङको झाँक्री गुफा
गोरखा नगरपालिका–३ नारेश्वरको होल्सिङमा रहेको झाँक्री गुफा संरक्षणको अभावमा ओझेलमा परेको छ । ऐतिहासिक महत्व बोकेको प्राचीन गुफा संरक्षणमा चासो नदिएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
‘तत्कालीन समयमा यही गुफाबाट योग्य व्यक्तिलाई छानेर तन्त्र मन्त्र सुनाउने, तान्त्रिक ज्ञान दिने, परिपक्क झाँक्री बनाउने लगायका काम हुन्थ्यो,’ स्थानीय खडानन्द अर्यालले भने । ऐतिहासिक महत्वलाई बुझेर गुफा संरक्षण एवं सम्बद्र्धन गर्न सके धार्मिक पर्यटन विकास गर्न सकिने उनले बताए ।
गुफा संरक्षणका लागि आर्थिक बर्ष २०७९÷०८० मा प्रदेश सरकार पर्यटन मन्त्रालयबाट १० लाख रकम विनियोजन भएको थियो ।
सो रकमबाट गुफा बरपर केही पुर्वाधार निर्माणका काम गरिएको उनले जानकारी दिए । घेरावार, प्रवेशद्धार, सिढी, भ्यू टावर जस्ता थप पूर्वाधार निर्माणका कामहरु गर्नुपर्ने उनको भनाइ छ ।




