| बुधबार, कार्तिक २५, २०८३

गोरखा नगरपालिकामा किशोरी लक्षित आत्मरक्षा तालिम सुरु

गोरखा नगरपालिकाका किशोरीहरुलाई लक्षित गरी तीन दिने आत्मरक्षा तालिम सुरु भएको छ ।

गोरखा नगरपालिकाको आर्थिक सहयोग तथा एकीकरण नेपाल नामक गैरसरकारी संस्थाको प्राविधिक सहयोग एवं व्यवस्थापनमा तालिम सुरु भएको हो । तालिमको सोमवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

तालिममा बाल तथा किशोरी अधिकार सम्वन्धी कानुनी व्यवस्था, हिंसा, दुव्र्यवहार, लैङ्गिक असमानता लगायतका बारेमा जानकारी गराइने एकीकरण नेपाल गोरखाका कार्यकारी निर्देशक हरि देवकोटाले बताए ।

बाल संरक्षण प्रणाली र यसमा किशोरी अधिकारको अवस्था, बालिकाहरुको सवाल पहिचान, बालमैत्री स्थानीय शासन, किशोरी संरक्षणमा स्थानीय सरकारको भूमिका लगायतका बारेमा पनि जानकारी गराइने बताइएको छ । तालिम अवधिभर प्रशिक्षक दीपक शर्मा र रेजिना घर्ती मगरले सहजीकरण गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्