| बुधबार, कार्तिक २५, २०८३

भीमसेन थापामा सार्वजनिक पद धारण गरेकाले बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने

भीमसेन थापा गाउँपालिकामा सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने भएको छ । बैशाख २८ गते बसेको गाउँ कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।

निर्णय अनुसार सार्वजनिक पद धारण गरेका जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु र शिक्षक अभिभावक संघका पदाधिकारीहरुले आफ्ना बालवालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराउनुपर्ने छ । यसले गाउँपालिकाको शिक्षालाई बालमैत्री, गुणस्तरिय प्रतिस्पर्धी एवं नतिजामूलक बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आफ्ना बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा भर्ना गराई सो को जानकारी शिक्षा, युवा तथा खेलकुद शाखामा जानकारी गराउन सूचना प्रकाशित गरी आग्रह समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।

पालिकाभित्र रहेका सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पु¥याउने उद्देश्य रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्