| बुधबार, कार्तिक २५, २०८३

गोनपा ४ मा रास्वपाको वडा कमिटी गठन

गोरखा नगरपालिका वडा नं ४ मा राष्टिूय स्वतन्त्र पार्टीको वडा कमिटी गठन भएको छ ।

शनिबार भएको नगर स्तरीय भेलाले रामबहादुर कुँवर सभापति रहेको ११ सदस्यीय कमिटी सर्वसम्मत गठन गरेको हो । जसको उपसभापतिमा विनिता थापा बानियाँ, सचिवमा निश्चल रोका चयन भएका छन् ।

सदस्यहरुमा नवराज भट्टराई, आस्कि आलि मियाँ, माया सिर्मल, बसन्त थापा, राजेश थापा, रामबहादुर गिरी र ज्ञानबहादुर खत्री रहेको पार्टी गोरखा नगर कार्यसमिति सचिव अमृत भट्टराइले बताए ।

भेलाले स्थानीय छाया सरकारको संयोजकमा निश्चल रोका र सदस्यमा पदम बयलकोटी चयन गरेको छ । पार्टी जिल्ला सभापति सुवर्ण रोकाय क्षेत्रीको अध्यक्षतामा भएको भेलामा गण्डकी प्रदेश प्रमुख राजन गौतम, गण्डकी प्रदेश सदस्य विशेष पन्त, श्याम सेन्चुरी, पार्टी नगरउपसभापति शान्ति अर्याल लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्