| आइतवार, अशोज १७, २०८३

कल्स ओवर रिजेजको ९० दिने अग्रेजी भाषा र कम्प्युटर तालिम सम्पन्न

गोरखा नगरपालिका कार्यक्षेत्र बनाएर काम गरिरहेको कल्स ओवर रिजेजले सञ्चालन गरेको ९० दिने अग्रेजी भाषा र कम्प्युटर सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम बुधबार सम्पन्न भएको छ ।

शक्ति माध्यमिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुका लागि सञ्चालित अंग्रेजी भाषा विकास तथा कम्प्युटरमा सीप विकास सम्बन्धी तालिम समापन भएको संस्थाले जनाएको छ ।

सो विद्यालयमा शैक्षिकसत्र २०७९ मा कक्षा ६ र ७ मा अध्ययनरत २५ जनालाई क्षमता अभिवृद्धि तालिम दिएको संस्थाका परियोजना व्यवस्थापक राजेश श्रेष्ठले बताए । कल्स ओवर रिजेज नेपालको आयोजनामा ग्रामिण बालबालिकाको शिक्षामा पहुँच अभिवृद्घि परियोजना अन्र्तगत सो कार्यक्रम संचालन गरिएको हो ।

कार्यक्रममा कल्स ओवर रिजेज नेपालका परियोजना नेतृत्व मिङमार शेर्पा, परियोजनाका प्रशिक्षक छिरिङ छोइजोम लामाले आफ्नो अनुभव तथा सिकाई आदानप्रदान गरेका थिए । सो अवसरमा नियमित रुपमा उपस्थित हुने १५ जना बिद्यार्थीहरुलाई जनही नौ हजारका दरले चेक समेत प्रदान गरिएको परियोजनाका व्यवस्थापक श्रेष्ठले बताए ।

संस्थाका संस्थापक अध्यक्ष एवं प्रमुख कार्यकारी निर्देशक साङ डोमा शेर्पाको अध्यक्षता तथा गोरखा नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्द्रबहादुर खड्काको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कल्स ओवर रिजेज नेपालका दातृ संस्थाका सह–संस्थापक रिकाश लिन र यामिली छाई, शक्ति माबिका प्रधानाध्यापक बद्री अर्याल, कल्स ओवर रिजेज नेपालका शिक्षक प्रशिक्षक तथा सल्लाहकारहरु लक्ष्मणबाबु आचार्य र कृष्णप्रसाद पराजुलीलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्