| बुधबार, कार्तिक २५, २०८३

गण्डकी प्रदेशको काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा न्यौपाने

गण्डकी प्रदेशको काँग्रेस संसदीय दलको प्रमुख सचेतकमा गोरखाका नन्दप्रसाद न्यौपाने मनोनयन भएका छन् ।

नेपाली काँग्रेस गण्डकी प्रदेशका संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले आइतबार न्यौपानेलाई सचेतकमा नियुक्ति गरेका हुन् ।

नेपाली काँग्रेस प्रदेश सभा संसदीय दलको विधान २०७४ को धारा (११) को उपधारा (१) बमोजिम न्यौपानेलाई दलको प्रमुख सचेतकमा मनोनयन गरेको नेपाली काँग्रेस संसदीय दलको कार्यालय गण्डकी प्रदेशले जनाएको छ ।

न्यौपाने गोरखा क्षेत्र नं १ बाट निर्वाचित गण्डकी प्रदेशसभाका सदस्य तथा नेपाली काँग्रेस गोरखा जिल्लाको पार्टी सभापति समेत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्