| बुधबार, कार्तिक २५, २०८३

लार्के पास गर्ने क्रममा २० बर्षीय युवकको मृत्यु

मनास्लु पदमार्ग हुदै लार्के पास गर्ने क्रममा एक युवाको ज्यान गएको छ । बहराल एड्भेन्चर प्रालिबाट भरियाको रुपमा लार्के पास गर्न गएका धादिङ निलकण्ठ नगरपालिका–११ का प्रकाश दवाडीको शनिवार मृत्यु भएको प्रहरीले जनाएको छ ।

डिएसपी लिलाराज लामिछानेका अनुसार २० बर्षीय दवाडी यही बैशाख १८ गते लार्के पासका लागि टोलीसँग धर्मशालाबाट अघि बढेका थिए । तर हावाहुरी र हिमपातका कारण उनी आफ्नो टोलीभन्दा पछाडि परे ।

बैशाख १९ गते लार्के पासका लागि धर्मशालाबाट निस्किएको अमेरिकन टोलीले उनलाई बिरामी अवस्थामा देखेपछि केही समय उद्धारसमेत गरेको थियो । भारी छाडेर सँगै जान आग्रह गरे पनि दवाडी नमानेपछि सो टोलीले उनलाई छाडेर गएको थियो । त्यस पछि एक्लिएका दवाडी शनिबार लार्के भन्ज्याङ नजिकै मृत अवस्थामा भेटिएको डिएसपी लामिछानेले जानकारी दिए ।

डाइनेस्टिक हेलिकोप्टर मार्फत उनको शव सामागाउँ स्थित प्रहरी चौकीमा ल्याइएको र आइतबार काठमाण्डौ पठाउने तयारी गरिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्