
आजदेखि गोरखामा २० औँ सवालाख रोट महोत्सव सुरु (फोटो फिचर)
गोरखामा हरेक वैशाख पुर्णिमाका दिनदेखि सञ्चालन हुने ११ दिने रोट महोत्सव यसबर्ष पनि सुरु भएको छ । गोरखनाथ प्रकट भएको दिन पारेर सञ्चालन गरिने रोट महोत्सव शुक्रबारदेखि सुरु भएको हो ।
सिद्धाश्रम शक्ति केन्द्रले आयोजना गरेको यसबर्षको रोट महोत्सव २० औँ श्रृङ्खला हो । रोट महोत्सवको पहिलो दिन शुक्रबार बिहान ९ बजे गोरखा बजारदेखि गोरखनाथ गुफासम्म रथयात्रा गरिएको थियो । १०८ कन्याहरुको कलशयात्रासहितको सो यात्रामा गोरखनाथको रथ बोकेर मन्दिरसम्म पु¥याइएको थियो । रथ यात्रामा एकसय आठ कन्याहरू, नाथयोगी, भक्तजन लगायतको सहभागिता रहेको थियो ।
महोत्सव जेठ १ गतेसम्म चल्ने छ । सो अवधिभर गुरु गोरखनाथको बिशेष पूजासहित एकलाख २५ हजार रोट गोरखनाथलाई चढाउने गरिन्छ । साथै देवी देवताको पूजा, बिशेष हवन, भजनकीर्तन लगायतका गतिविधि हुने केन्द्रका अध्यक्ष रामजी अर्यालले बताए ।
महोत्सव संचालनका लागि करिव २५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । करिव ३० हजार भक्तजनले अवलोकन गर्ने अपेक्षा गरिएको छ । गुरु गोरखनाथ प्रकट भएको दिनको अवसरमा हरेकवर्ष सिद्धाश्रम शक्ति केन्द्रले रोट महोत्सव गर्दै आएको छ ।
गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने प्रसादका रुपमा रोटलाई लिइन्छ । रोट चढाएर गोरखनाथलाई खुशी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ । गहुँ, जौ र धेरैजसो चामलको पिठोबाट रोट बनाउने गरिन्छ ।
सोहि अनुसार राजा पृथ्वी नारायण शाहका गुरु गोरखनाथ प्रकट भएको दिनमा उनको मनपर्ने रोटलाई हरेक वर्ष सिद्धाश्रम शक्ति केन्द्रले रोट चढाउँदै आएको छ । गहुँ, जौ र धेरैजसो चामलको पिठोबाट रोट बनाउने गरिन्छ । बिभिन्न ५२ थरीका शक्तिबर्दका मसला मिसाएर रोट बनाईन्छ । रोटमा जाईफल, काजु, ल्वाङ, सुकुमेल, दाख, चिनी, खुदो, नरिबल जस्ता किसमिस मिसाईन्छ । नाथहरु शुद्ध भई पिठोमा किसमिस मिसाएर रोटलाई स–सना गोली बनाउँदै घ्यूमा पोल्ने गर्छन् ।
महोत्सव संचालनका लागि करिव २५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । करिव ३० हजार भक्तजनले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
गोरखनाथ मन्दिरका मुख्य पुजारी प्रदीपनाथ योगीले रोट महोत्सव गोरखाको उत्सव भएको बताउँदै यसले मानिसमा आध्यात्मिक चिन्तनको विकास समेत गराएको बताए ।
विश्वकल्याण, विश्वशान्ति, आध्यात्मिक तथा नैतिक समाज निर्माण गर्न, गोरक्ष निखिल शक्ति जागरण गर्न, गुरु गोरखनाथलाई खुशी बनाउन प्रत्येक वर्ष सवालाख रोट महोत्सव गर्दै आएको छ ।
गोरखनाथ र गोरखकाली मन्दिर परिसरमा भजन, कृतन, पूजापाठ गरेर सयौँ भक्तजनको उपस्थितिमा रोट महोत्सव हुने सिद्धाश्रम शक्ति केन्द्र सम्पर्क कार्यालय गोरखाका संयोजक किशोरकुमार अकेलाले बताए । महोत्सवमा देशका बिभिन्न ठाउँबाट भक्तजनहरु गोरखा आउने अपेक्षा गरिएको छ ।
हेर्नुहोस तस्बिरहरु :













तस्बिर : केशव गुरुङ/दरौदी दैनिक




