| बुधबार, कार्तिक २५, २०८३

आजदेखि २० औँ सवालाख रोट महोत्सव सुरु

२० औँ सवालाख रोट महोत्सव आजदेखि सुरु हुदैछ । रोट महोत्सवको उपलक्ष्यमा सिद्धाश्रम शक्ति केन्द्रबाट बिहान ८ बजे कलशसहित रथयात्रा गर्ने आयोजक सिद्धाश्रम शक्ति केन्द्रले जनाएको छ । गोरखनाथ मन्दिरसम्म हुने यात्रामा एकसय आठ कन्याहरू, नाथयोगी, भक्तजन लगायतको सहभागिता रहने छ ।

महोत्सव जेठ १ गतेसम्म चल्ने छ । सो अवधिभर गुरु गोरखनाथको बिशेष पूजासहित रोट चढाउने, देवी देवताको पूजा, बिशेष हवन, भजनकीर्तन लगायतका गतिविधि हुने केन्द्रका अध्यक्ष रामजी अर्यालले बताए ।

महोत्सव संचालनका लागि करिव २५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । करिव ३० हजार भक्तजनले अवलोकन गर्ने अपेक्षा गरिएको छ । गुरु गोरखनाथ प्रकट भएको दिनको अवसरमा हरेकवर्ष सिद्धाश्रम शक्ति केन्द्रले रोट महोत्सव गर्दै आएको छ ।

गोरखनाथलाई सबैभन्दा बढि मनपर्ने खाद्य वस्तुको रुपमा रोटलाई लिइन्छ । रोट चढाएर गोरखनाथलाई खुशी बनाउन सकेमा कुनै संकट आई नपर्ने धार्मिक मान्यता छ । गहुँ, जौ र धेरैजसो चामलको पिठोबाट रोट बनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्