| बुधबार, कार्तिक २५, २०८३

गृहमन्त्रीद्वारा चित्रेपोखरीमा अस्थायी प्रहरी चौकी भवन उद्घाटन

सिरानचोक गाउँपालिका–५ चित्रेपोखरीमा नवनिर्मित अस्थायी प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विहिबार एक कार्यक्रमका बीच भवन उद्घाटन गर्दै जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अनुपम श्रेष्ठलाई हस्तान्तरण गरेका छन् ।

गाउँपालिकाको २५ लाख लागतमा भवन निर्माण भएको हो । चौकीको आफ्नै जग्गामा निर्माण भएको भवनमा थुनुवा कक्षसहित पाँचवटा कोठा छन् । गत आर्थिक बर्षबाट भवन निर्माणको काम सुरु भएको थियो ।

यसअघि घर भाडामा लिएर चौकी संचालन हुदै आएको थियो । भवन निर्माण भएसँगै सेवा प्रवाहमा थप सहज हुने अपेक्षा प्रहरीको छ ।

प्रहरी चौकीलाई दुई थान मोटरसाइकल प्रदान

पालिकाले दुईवटा प्रहरी चौकीलाई मोटरसाइकल हस्तान्तरण गरेको छ । अस्थायी प्रहरी पोष्ट धारापानी र चोरकाटेलाई मोटरसाइकल प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले बताए ।

बिहीवार एक कार्यक्रमका बीच गृहमन्त्री श्रेष्ठले जिल्ला प्रहरी प्रमुख एसपी श्रेष्ठलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् । कार्यक्रममा सिरानचोक गाउँपालिकाका अध्यक्ष गुरुङ, उपप्रमुख रीता देवकोटा, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, एसपी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्