
गोरखामा वैशाख २३ गते साइबर अपराध र साईबर सुरक्षा सुम्बन्धी कार्यक्रम हुने
गोरखा सदरमुकाममा वैशाख २३ गते साइबर अपराध र साइबर सुरक्षा सम्बन्धी प्रदेशस्तरीय सचेतनामुलक कार्यक्रम हुने भएको छ । कम्प्युटर एशोसिएसन नेपाल महासंघ गोरखा शाखा, नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूर सञ्चार प्राधिकरणको सहयोगमा प्रदेशस्तरीय कार्यक्रम गोरखामा गर्न लागिएको हो ।
प्रविधिको विकास र व्यापक प्रयोगसँगै यसबाट हुन सक्ने जोखिमहरुका बारेमा जानकारी दिनका लागि सो कार्यक्रम आयोजना गर्न लागिएको कम्प्युटर एशोनिसएन नेपाल महासंघ गोरखाका शाखाका अध्यक्ष सुदिप कोइरालाले बताए । शनिबार ११ ः४५ बजेदेखि ३ बजेसम्म होटल मिराकलमा कार्यक्रम संचालन हुनेछ । उक्त कार्यक्रममा सरकारी कार्यालयका सूचना अधिकारी, सुरक्षा निकायका प्रतिनिधिहरु, पत्रकार र इच्छुक व्यक्तिहरुले तालिममा सहभागिता जनाउन सकिने उनले बताए ।
अहिलेको समय अनुसार साइबर अपराध र साइबर सुरक्षा सम्बन्धी शिक्षा सबैमा हुन जरुरी रहेको र जिल्लामा पहिलो पटक सो कार्यक्रम गर्न लागिएको उनको भनाइ छ । नेपालमा विभिन्न सरकारी कार्यालयका वेबसाइट, बैक तथा वित्तीय क्षेत्रका बेवसाइटहरु लगायत निजी क्षेत्रबाट सञ्चालित औद्योगिक, व्यवसाय प्रतिष्ठानहरुको समेत बेवसाइट ह्याक हुने र इन्टरनेटको माध्यमबाट विभिन्न सामाजिक सञ्जाल, इमेल, मेसेन्जर मार्फत आपराधिक व्यक्तिहरुले ठगी गर्ने लगायतका कार्यहरु पटक पटक हुने गरेकाले साइबर सुरक्षा सम्बन्धी कार्यक्रम अति आवश्यक रहेको अध्यक्ष कोइरालाले जानकारी दिए । सो कार्यक्रममा सिक्न चाहने इच्छुक व्यक्तिहरुले पनि सहभागिता जनाउन सक्नेछ ।
गोरखामा राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा सो कार्यक्रमका बारेमा जानकारी गराएको हो । सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि भन्ने मुल नाराका साथ राष्ट्रिय सूचना तथा सञ्चार प्रविवि दिवस संचालन गरिएको जनाएको छ ।




