| आइतवार, अशोज १७, २०८३

जापानिज भाषा पढाउने आसाहीको शाखा गोरखा बजारमा

गोरखा सदरमुकाममा आशाही जापानिज ल्याङ्वेज एण्ड कल्चर सेन्टर संचालन आएको छ । मंगलबार एक कार्यक्रम गरी संस्थाका प्रबन्ध निर्देशक इच्छा रत्न खड्गीले भाषा कक्षाको शुभारम्भ गरेका हुन् ।

काठमाडौमा केन्द्रीय कार्यालय रहेको आशाही जापानी ल्याङ्वेज एण्ड कल्चर सेन्टरले गोरखामा शाखा विस्तार गरेको हो । हाल केन्द्रिय कार्यालय काठमाडौमा गोरखा जिल्लाबाट अत्याधिक रुपमा विद्यार्थीहरु पढ्न आएकाले उनीहरुको सहजताका लागि जिल्लामा नै शाखा विस्तार गरिएको संस्थाका प्रबन्धक निर्देशक इच्छा रत्न खड्गीले बताए ।

गोरखा शाखाबाट जापाजिन भाषा सिकाउनुका साथै जापानमा काम गर्न चाहनेहरुका लागि सिप परिक्षाको तयारी कक्षाहरु पनि संचालन गरिने उनले बताए । यहाँ पढ्ने विद्यार्थीहरुलाई वर्षका तीन पटक जापानका क्याम्पस प्रतिनिधि आएर सेमिनार, गोष्ठी लगायतका कार्यक्रमहरु पनि संचालन गरिने उनले जानकारी दिए । विद्यार्थीहरुले प्रत्यक्ष रुपमा उनीहरुसँग भेटेर नै कुराकानी गर्दा जापानको धेरै कुरा थाहा पाउन सकिने उनको भनाइ छ ।

भाषा कक्षा विहान सात बजेदेखि बेलुका पाँच बजेसम्म संचालन हुनेछ । काठमाडौमा केन्द्रिय कार्यालयसहित छैठौ शाखाका रुपमा गोरखामा शाखा विस्तार गरिएको हो । केन्द्रको शाखामा भारतमा समेत रहको उनले बताए ।

त्यस्तै, जापानमा पढ्न जानुका साथै त्यहाँ पाइने विभिन्न कामका अवसर तथा सेवाहरुका बारेमा समेत जानकारी दिइने उनले बताए । संस्थाले विगत १७ वर्ष देखि नै विद्यार्थी जापान पढाउदै आएको छ । गोरखाबाट हालसम्म एकसय भन्दा बढी विद्यार्थी जापान पठाइसकेको उनले बताए ।

जापानिज भाषा कक्षाको शुभारम्भ कार्यक्रममा संस्थाका प्रबन्धक निर्देशक खड्गी, शाखाका प्रध्यानाध्यापक जोनी महर्जन, संस्थाका निर्देशक अन्जु राय खड्गी लगायत सबै शाखाका निर्देशकहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्