| बुधबार, कार्तिक २५, २०८३

प्रविधिमैत्री बन्दै गोरखा नगरपालिका, अब हरेक वडामा ई–सिफारिस हुने

गोरखा नगरपालिकाअन्तर्गत सञ्चालित विभिन्न शाखा कार्यालयहरु र वडा कार्यालयहरुबाट अब इसिफारिस जारी हुने भएको छ । नगरपालिका र वडाबाट प्रवाह हुने विभिन्न सिफारिसहरु यसअघि हातले लेख्दै आएकामा अव सबै सिफारिसहरु कम्युटरका माध्यमबाट प्रवाह हुने नगरपालिकाले जनाएको छ ।

नगरपालिका र वडाको सेवालाई डिजिटालाइज गर्ने योजना अन्तरगत शनिबार नगरपालिकाका शाखा प्रमुख र वडा सचिवहरुलाई इलेक्ट्रोनिक सिफारिस(इसिफारिस) का बारेमा तालिम दिइएको नगरपालिकाका आइटी अफिसर सुयोगरमण खनालले बताए ।

नगरपालिका भित्रका १४ वटा वडाबाट नागरिकलाई प्रवाह हुने सेवालाई छिटो, छरितो र सजिलो बनाउनका लागि सो तालिम दिएको हो । ‘तालिम शाखा प्रमुख र वडा सचिवहरुलाई इसिफारिस सिस्टम कस्तो हुन्छ, के के हुन्छ, प्रमाणपत्र कसरी जारी गर्ने, सिफारिस कसरी गर्ने, जारी भएको सिफारिसको रेकर्ड कसरी हेर्ने, दर्ता चलानी डिजिटल रुपमा कसरी गर्ने लगायतका कुराहरु सिकाएका छाँै,’ उनले भने, ‘यसमा वडाले जारी गर्ने चिठीपत्रहरु सबै सर्भरमा रेकर्ड हुन्छ, डाटाबेस सबै सेभ हुन्छ, यसरी सेभ भएका डाटाहरु ५÷१० वर्षपछि पनि हेर्न सकिन्छ ।’

नगरपालिकाको सफ्टवेयर निर्माण भइसकेको बताउदै वडा सचिवले जारी गर्ने सिफारिसको फम्र्याट सबै वडालाई उपलब्ध गराउने उनले बताए । वडा सचिवले जारी गर्ने सिफारिसको फम्र्याटमा केहीको बाहेक अन्य खाली ठाउँ भरेर छिटै नै वडाबाट सेवाग्राहीलाई सेवा दिन सकिने उनको भनाइ छ । अहिले धेरै वडा कार्यालयबाट जारी हुने सिफारिसहरु हातले लेख्दै आएकामा अव कम्प्युटरमा रहेको फम्र्याटमा खाली ठाउँ मात्र भर्ने र केही सच्याउनुपर्ने भएमा सच्याएर सिफारिस दिदा सेवाग्राही कम सयममा छिटोे, सर्वसुलभ रुपमा सेवा पाउने उनले जानकारी दिए ।

यो सेवा अव एक÷दुई महिनाभित्र नै लागु हुने बताउँदै यसका लागि प्रत्येक वडामा पावर व्याकअप हुनुपर्ने बताए । वडाबाट प्रवाह हुने इसिफारिसका लागि विजुली अनिवार्य हुनुपर्ने भएकाले नगरपालिकाका केही वडामा पावर व्याकअप नभएका कारण नगरपालिका र वडाको समन्वयमा छिटै व्याकअप परिपूर्ति गरी सेवा संचालन गर्ने उनले जानकारी दिए ।

भर्खर तालिम दिएको केहि समय अभ्यास भएपछि छिट्टै पुर्ण रुपमा इसिफारिसको व्यवस्था लागु हुने नगरपालिकाले जनाएको छ ।

गोरखा नगरपालिकाको सामाजिक विकास शाखाका प्रमुख विजय उपाध्यायले इसिफारिसले साउनदेखि पुर्णरुपमा लागु हुने बताए । वडाबाट प्रवाह हुने इसिफारिसले कम समयमा छिटो सेवा प्रवाह सकिने, त्रुटि कम हुने, सेवा गुणस्तरीय हुने उनले बताए । यसअघि १५÷२० मिनेट लाग्ने सेवा अव ५ मिनेटमै प्राप्त गर्न सकिने उनको भनाइ छ ।

अर्को चरणमा सेवाग्राही घरमै बसेर पनि नगरपालिका र वडाको सिफारिसका लागि आवेदन दिन मिल्ने गरी प्रक्रिया अगाडि बढाउने तयारीमा रहेको पनि उनले बताए ।

पछि सेवागा्रही नागरिकहरुले घरमै बसेर निवेदन दिन सक्ने, कागजत पत्र पनि घरमै प्राप्त गर्न सकिने नगरपालिकाले जनाएको छ । सेवाग्राहीले डिजिटल माध्यमबाट नगरपालिकाको खातामा दस्तुर भुक्तानी गरेको प्रमाणित गरेपछि सिफारिस लगायतका कागजात विद्युतीय माध्यमबाट घरमै प्राप्त गर्न सकिने गरी सेवा दिन लागिएको नगरपालिकाले जनाएको छ ।

त्यस्तै, नगरपालिका र वडा कार्यालयले लिने गरेको कर तथा राजस्वलाई घरमै बसेर भुक्तानी गर्न मिल्ने गरी प्रक्रिया अगाडि बढाएको उनले बताए । यसका लागि इसेवा, कनेक्ट आइपिएस र खल्ती एपसँग सम्झौता गरी प्रक्रिया अगाढि बढाउनका लागि अहिले अध्ययनका चरणमा रहेको आइटी अफिसर खनालले बताए । यहि आर्थिक वर्षबाट सो सेवा लागु गर्ने हुने उनको भनाइ छ ।

गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण रानामगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गोरखा नगरपालिका उपप्रमुख मसली माया थोकर, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पुन, नगरपालिका विभिन्न शाखाका प्रमुख, १४ वटै वडाका वडा सचिव, नगरपालिकाका प्राविधिक लगायतको उपस्थितिमा इसिफारिस सम्बन्धी तालिम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्