| बुधबार, कार्तिक २५, २०८३

तमु प्ये ल्हु सघ गोरखा नगरपालिकाको अध्यक्षमा सुर्य बहादुर गुरुङ

तमु प्ये ल्हु संघ गोरखा नगरपालिकाको अध्यक्षमा सुर्य बहादुर गुरुङ चयन भएका छन् । गोरखा सदरमुकाममा शुक्रबार भएको नगरस्तरीय भेलाले गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा सरिता गुरुङ, सचिवमा सिमा गुरुङ, सहसचिवमा रिना गुरुङ, कोषाध्यक्ष प्रीतमान गुरुङ र सहकोषाध्यक्ष आइसरा गुरुङ चयन भएका छन् ।

समितिको संगठन सचिवमा लक्ष्मण गुरुङ, प्रचारप्रसार सचिवमा मान बहादुर गुरुङ, महिला विभाग संयोजक बुध माया गुरुङ, खेगी विभाग संयोजक सोमराज गुरुङ, युवा विभागको संयोजकमा आसमान गुरुङ चयन भएको तमु प्ये ल्हु संघका केन्द्रिय समितिका सल्लाहकार टेक बहादुर गुरुङले बताए ।

उनका अनुसार समितिको सदस्यहरुमा विनोद गुरुङ, खेम कुमारी गुरुङ, कुमार बहादुर गुरुङ र सोम बहादुर गुरुङ चयन भएका छन् ।

समितिले तमु समुदायभित्र रहेको स्यार्गा नाँच, अर्गुन, घाँटु, मारुनी नाच लगायत आफनो संस्कार, संस्कृतिको संरक्षण, जर्गेना गर्ने उनले बताए ।

तमु प्ये ल्हु संघ नेपालको केन्द्रिय समितिका सल्लाहकार टेक बहादुर गुरुङको अध्यक्षता भएको कार्यक्रममा तमु ह्युला छोज धि जिल्ला कोषाध्यक्ष ज्ञानेन्द्र गुरुङ, तमु महिला छोज धिको अध्यक्ष मिना गुरुङ लगायको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्