
न्याय माग्न आउन मिटर व्याज पिडितलाई प्रशासन कार्यालयको आग्रह
अनुचित आर्थिक कारोबार(मिटर व्याज) बाट पिडित भएकाहरुलाई सरकारले न्याय माग्न आउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सूचना जारी गरी कार्यालयमा निवेदन दिन आउन आग्रह गरेको हो ।
सरकारले देशभरका मिटरव्याज पिडितहरुलाई एकसाथ न्याय दिने तयारी थालेको छ । त्यसका लागि सर्वप्रथम निवेदन संकलन गर्न थालिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत छविलाल श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
यही वैशाख २७ गते आइतबारदेखि १५ दिनभित्र निवेदन दिन आउन कार्यालयको आग्रह छ । निवेदन दिनका लागि कार्यालयले स्रोतव्यक्ति तोकेको छ ।
स्रोतब्यक्तिसंग आवेदन फाराम भर्न तथा पेश गर्न सहयोग लिन सकिने जनाइएको छ । सत्यतथ्य खुल्नेगरी सकेसम्म छिटो आवेदन दिन प्रशासन कार्यालयको आग्रह छ ।





