| बुधबार, कार्तिक २५, २०८३

उद्योग बाणिज्य संघ केन्द्रिय सदस्यमा गोरखाका जिबनज्योती श्रेष्ठको निर्वाचित

नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा गोरखाका ब्यवशायी जिबनज्योती श्रेष्ठले निर्वाचित भएका छन् ।

मंगलवार र बुधवार काठमाण्डौँमा भएकोे ५७ औँ सधारण सभा तथा अधिवेशनमा श्रेष्ठले गण्डकी प्रदेशको तर्फबाट केन्द्रिय सदस्य पदमा निर्वाचित भएका हुन् ।

गोरखा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका श्रेष्ठले आफ्नो कार्यकालमा सफलता पूर्वक संघको नेतृत्व गरेका थिए ।

केन्द्रिय सदस्यमा निर्वाचित भएसँगै ब्यापारी, ब्यवशायीको हक हितका लागि काम गर्ने श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्