
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गोरखाको अध्यक्षमा टिकाराम गुरुङ चयन
नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ गोरखाको अध्यक्षमा टिकाराम गुरुङ चयन भएका छन् ।
महासंघ गोरखाको मंगलबार सम्पन्न भएको प्रथम जिल्ला भेलाले गुरुङको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
मितिको उपाध्यक्षमा दिलमान गुरुङ, बिनु गुरुङ, सचिवमा राजेश श्रेष्ठ, मिनुमाया लामा, सहसचिवमा कोपिला घले, तेजबहादुर बरामु र कोषाध्यक्षमा रुपा थापामगर चयन भएका छन् ।
समितिको सदस्यहरुमा विशाल गुरुङ, लक्ष्मी गुरुङ, बल बहादुर गुरुङ, सुमन गुरुङ, राहुल बज्राचार्य, माया गुरुङ, जसबहादुर गुरुङ, इश्वर तामाङ, श्याम गुरुङ, हुकबहादुर गुरुङ, कृष्णबहादुर गुरुङ, मनमाया गुरुङ श्रेष्ठ, जितबहादुर गुरुङ, सुनिता गुरुङ र भिमा राना चयन भएका छन् ।




