| बुधबार, कार्तिक २५, २०८३

उद्योग बाणिज्य संघको केन्द्रिय सदस्यमा गोरखाका जिबनज्योती श्रेष्ठको उम्मेदवारी

नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा गोरखाका ब्यवशायी जिबनज्योती श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

मंगलवार र बुधवार काठमाण्डौँमा हुन लागेको ५७ औँ सधारण सभा तथा अधिवेशनमा श्रेष्ठले गण्डकी प्रदेशको तर्फबाट केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।

गोरखा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष समेत रहेका श्रेष्ठले आफ्नो कार्यकालमा सफलता पूर्वक संघको नेतृत्व गरेका थिए ।

ब्यापारी, ब्यवशायीको हक हितका लागि आफ्नो उम्मेदवारी रहेको श्रेष्ठले बताए । ‘मोफसलमा रहेका ब्यवशायीको हितकालागि मैले काम गर्नेछु’ उनले भने ‘गोरखाका अन्यत्र क्षेत्रमा धेरै अवसर पाएपनि उद्योग बाणिज्य महासंघमा धेरै समययता अवसर पाएको छैन ।’

प्रतिक्रिया दिनुहोस्