| बुधबार, कार्तिक २५, २०८३

तमु संचारकर्मी संघमा नयाँ नेतृत्व

तमु संचारकर्मी संघमा नयाँ नेतृत्व चयन भएको छ । पोखरामा सम्पन्न पाँचौ राष्टिूय महाधिवेशनले आँबुखैरेनीमा कार्यरत पत्रकार चित्र गुरुङ महासचिव र गोरखामा कार्यरत केशब गुरुङ, दानबहादुर गुरुङ केन्द्रीय सदस्यमा चयन भएका छन् ।

महासचिव गुरुङ इच्छाकामना न्यूज डट कमका संचालक हुन् भने केन्द्रीय सदस्य केशब गुरुङ दरौँदी दैनिक, रेडियो गोरखा र नयाँ पत्रिकामा काम गर्छन । उनी पत्रकार महासंघ गोरखाका सहसचिव पनि हुन् ।

अर्का केन्द्रीय सदस्य दानबहादुर गुरुङ पत्रकार महासंघ गोरखाका सदस्य हुन् भने चितवनको कुरिनटारमा संचालित इच्छाकामना एफएममा आवद्ध छन् ।

तमू (गुरुङ) सञ्चारकर्मी संघ नेपालको पाँचौ राष्टिूय महाधिवेशनले लाला गुरुङलाई नेतृत्वमा चयन गरेको छ । चैत २४ देखि कास्कीमा जारी महाधिवेशनले उपाध्यक्षमा खिमा गुरुङ महासचिवमा चित्रबहादुर गुरुङ, सचिवमा कुमार गुरुङ र कोषाध्यक्षमा अनिता गुरुङलाई चयन गरेको छ ।

त्यस्तै अन्य सदस्यहरुमा किरण गुरुङ, दोलख गुरुङ, ईन्द्रबहादुर गुरुङ, केशव गुरुङ(गोरखा), केशव गुरुङ (काठमाडौ) र दान बहादुर गुरुङलाई चयन गरेको हो ।

प्रतिक्रिया दिनुहोस्