
हिमपातका कारण लार्केपास गर्ने पर्यटकलाई समस्या
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका स्थित वडा नं १ सामागाउँमा हिउँ परेको छ ।
शुक्रबार दिउसो २ बजेबाट हिउँ पर्न सुरु भएको हो । निरन्तर हिमपात हुदा लार्केपासमा गएका पर्यटकहरु समस्यामा परेका छन् । उनीहरु बाहिर निस्कन तथा आउजाउन गर्न समस्या भएको छ ।
‘यहाँ अहिले निरन्तर हिउँ परिरहेको छ । बाहिरको वातावरण अत्यन्तै चिसो छ । सबै घरभित्र नै बसिरहेका छौ’, सामागाउँ स्वास्थ्य चौकीका लक्ष्मण कार्कीले भने ।
एक फिटसम्म हिउँ जमेको बताउदै उनले बाक्लो हिउँ परेका कारण लार्केपास गर्न पुगेको पर्यटक बाटोमै रोकिएको जानकारी दिए ।
सामागाउँ लगायतका उत्तरी क्षेत्रमा अझै पनि हिउँ पर्ने क्रम जारी रहेको छ ।




