| बुधबार, कार्तिक २५, २०८३

लाप्राकमा तमु प्ये ल्हु गाउँ एकाई समिति गठन

गोरखाको धार्चे गाउँपालिका वडा नं ४ लाप्राकमा तमु प्ये ल्हु गाउँ एकाई समिति गठन भएको छ ।

विहिबार भएको गाउँ समाजको भेलाले बिसबहादुर गुरुङको अध्यक्षतामा १५ सदस्यीय गाउँ एकाई समिति गठन गरिएको हो । समितिको उपाध्यक्षमा मुति(धाम्पाल) गुरुङ, सचिवमा अजय गुरुङ, सहसचिवमा सागर गुरुङ, कोषाध्यक्षमा यामकुमारी गुरुङ र सहकोषाध्यक्षमा बसन्ती गुरुङ चयन भएका छन् ।

समितिको संगठन सचिवमा प्रसाद गुरुङ, प्रचार सचिवमा सन्तबहादुर गुरुङ, महिला विभाग सदस्यमा ज्योति गुरुङ, खेगी विभाग सदस्यमा पुर बहादुर गुरुङ, युवा विभागमा गोपाल(लामा) गुरुङ चयन भएका छन् ।

समितिको सदस्यहरुमा डम्बर गुरुङ, कान्छी गुरुङ, छाङकान्छा गुरुङ र मान बहादुर गुरुङ चयन भएका छन् ।

प्राकृतिक वोन धर्म संसकार र संस्कृतिलाई संरक्षण, सम्बद्र्धन र प्रबद्र्धनका अगुवा मारसिंङ गुरुङको अध्यक्षता तथा वडा अध्यक्ष किसान गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा वडा सदस्यहरु, संघका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ लगायत स्थानीय विभिन्न संघसंस्था तथा क्षेत्रमा आवद्ध व्यक्तिहरु सहभागिता रहेको थियो ।

तमु समुदायभित्र रहेको स्यार्गा नाँच, अर्गुन, घाँटु, मारुनी नाच लगायत आफनो संस्कृतिभित्र रहेको संस्कार संरक्षण, जर्गेना गर्न समिति गठन गरिएको लाप्राकमा तमु प्ये ल्हु गाउँ एकाई समितिले छ । समितिले विशेष गरेर बोन संस्कार, संस्कृतिको संरक्षण र प्रर्वद्धन गर्नेछ ।

वडामा गाउँ इकाई समिति चयन भएसँगै पालिकाको समिति चयन हुने र आगामी जेठमा जिल्ला अधिवेशन हुने तमु प्येलु संघ केन्द्रिय समितिका सल्लाहाकार टेक बहादुर गुरुङले बताए । केन्द्रिय अधिवेशन भने असोजमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्