| बुधबार, कार्तिक २५, २०८३

अखिल नेपाल महिला संघ गोरखाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण सम्पन्न

अखिल नेपाल महिला संघ गोरखाको आयोजनामा मंगलबार गोरखामा अगुवा महिला कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

नेकपा एमालेको देशभरी संचालनमा रहेको ग्रासरुट मिसन अभियान अन्तरगत उक्त कार्यक्रम आयोजना गरिएको जनाएको छ । कार्यक्रममा गोरखाका १० वटा स्थानीय तहबाट अगुवा महिला कार्यकर्ताको सहभागीता रहेको थियो ।

अनेमसघ गोरखाकी अध्यक्ष पार्वती पाठकको सभापतित्वमा भएको कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवं अभियानका गोरखा प्रतिनिधि तिलक महत, केन्द्रिय सदस्य एवं गोरखा इन्चार्ज रामशरण बस्नेत, केन्द्रिय सदस्य सम्झना देवकोटा, ग्रासरुट अभियान प्रतिनिधि तथा पार्टीको केन्द्रीय सदस्य किशोर बिक्रम मल्ल, एमाले गोरखाका अध्यक्ष प्रेम गुरुङ लगायतले प्रशिक्षण मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्