| बुधबार, कार्तिक २५, २०८३

पुष्पकमल दाहाल–प्रचण्ड

–चुडामणि शर्मा
गोरखा छानी चुनावमा विजयको झण्डा उठाई लियौँ,
गोरखाली सब हामीलाई सजिलै आस्वस्थ पारी दियौ ।
सिंगो संसद एक भै सहजमै विश्वास तिमीलाई दिए,
नेता मान्न तयार छौ भनी दश पार्टी सिङ्गै थिए ।

गोरखाली सब हामी ढुक्कसँगमा तिम्रै पछाडी बसी,
विकासका अनगिन्ती चाहहरुमा एक मन अठोटले कसी
सिङ्गो देशसँगै हिडाई दरिलो बन्नेछ, गोरखा अव
तिम्रै सुजबुझ कै पूरै भरपरि छौ ढुक्क हामी सव

विशाल देश बनाउने पृथ्वीको हो जन्मभूमि यहाँ ।
नेतृत्व जसरी भयो विगतमा मौका मिलाई त्यहाँ ।
गर्नुपर्छ अवश्य काम दरिलो जनभाव बुझने गरी
छिट्टै लम्क विकासलाई गतिदिन साँच्चै चमत्कार सरी ।

क्रान्तिकारी सबै मिलेर सजिलै सांसद बनाई दियौँ,
क्रान्तिकारी विचार बोकी चलने नेतृत्व छानी लियौँ ।

प्रतिक्रिया दिनुहोस्