
गोरखकाली र गोरखानाथ दर्शन गर्न राष्ट्रपति पौडेल आईतवार गोरखा आउँदै
गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखकाली र गोरखनाथ दर्शन गर्न राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आउने भएका छन् ।
आईतवार बिहान १० बजे नेपाली सेनाको हेलिकप्टरबाट उनी गोरखा आउन लागेका हुन् । मन्दिरमा पुजा अर्चना र दर्शनकालागि उनी आउन लागेको उनको निजी सचिवालयले जनाएको छ ।
करिब दुई घण्टा गोरखामा रहेर फर्कने कार्यक्रम तय भएको छ । राष्ट्रपति आउने भएपछि सुरक्षा ब्यवस्थाकालागि सेनाको एक टोली शुक्रवार नै गोरखा आईसकेको छ ।




