
साधना लघुबित्तद्वारा गोरखा क्याम्पसमा युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न
गोरखामा साधना लघुबित्त बित्तीय संस्थाको युवा लक्षित वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । गोरखा क्याम्पसमा शुक्रबा भएको ग्लोबल मनि विक २०२३ को अवसरमा ‘आफ्नो पैसा रोप्नुहोस्, आफ्नो भविष्यको योजना बनाउनुहोस्’ भन्ने नाराका साथ युवा लक्षित विक्तिय साक्षरता कार्यक्रम संचालन गरिएको हो ।
उक्त कार्यक्रममा वित्तिय संस्थाका नायब महाप्रवन्धक सिताराम पंडित,सहायक महाप्रवन्धक सरिता ढकाल र योजना तथा वित्त व्यवस्थापन विभाग प्रमुख रुपेश कुमार झाले कार्यक्रमको सहजीकरण गरेका थिए ।
कार्यक्रममा बैकिङ्ग क्षेत्र आजको आवश्यकता र समाज परिवर्तनमा यसको महत्वपुर्ण भुमिकाको बारेमा जानकारी गराईएको थियो भने वित्तिय अनुशासन, कर्जाको महत्व तथा कर्जा सदुपयोगिता, बचतको महत्व, बचत गर्ने तरिकाहरु, बिमा, रेमिटान्स र डिजिटल बैंकिङको प्रयोग तथा आवश्यक्ता बारेमा विषयमा सहभागीहरुलाई जानकारी गराईएका थिए । यसैगरि कार्यक्रममा हाल बैंक तथा बित्तीय संस्था तथा लघुवित्त बिरुद्ध किस्ता नतिर्ने, ब्याज नबुझाउने जस्ता भ्रम फैलाइएको बिषयमा समेत चर्चा गरी सहभागीहरुलाई प्रष्ट पार्ने कार्य भएको थियो ।
वित्तिय साक्षरता कार्यक्रममा गोरखा क्याम्पस सहायक कृष्ण प्यारा श्रेष्ठले बोल्नु हुदै लघुवित्त कार्यक्रमले ग्रामिण जनसमुदायको जिबनमा पारेको सकारात्मक प्रभाव तथा परिर्बतनको बारेमा चर्चा गरेका थिए । त्यसै गरी उक्त कार्यक्रममा बोल्दै शक्ति उच्च मा.वि प्र.अ बद्री अर्यालले ग्रामिण अर्थतन्त्र उकास्नको लागि लघुवित्तले खेलेको भुमिकाको बारेमा प्रशंशा गर्दै बैकिङ्ग क्षेत्र अत्यावश्यक रहेको बताए ।
कार्यक्रममा क्याम्पसका दुई सय भन्दा बढी विधार्थीको उपस्थिति रहेको थियो ।
गोरखा जिल्लाको गोरखा क्याम्पसमा वित्तिय संस्थाको अध्यक्ष श्री कृष्ण बहादुर थापाको अध्यक्षतामा प्रथम चरणको कार्यक्रम सम्पन्न गरेको छ भने दोश्रो चरणको कार्यक्रम श्री शक्ति उच्च मा.वि गोरखामा प्रधान अध्यापक श्री बद्री अर्यालको अध्यक्षतामा सम्पन्न गरेको छ ।




