| बुधबार, कार्तिक २५, २०८३

कांग्रेस–माओवादी सहयात्रा दुई महिनामै करेक्सन भयो : कांग्रेस नेता पाण्डे

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशसभा प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले कांग्रेस र माओवादीको सहयात्रा सुधिएर आएको बताएका छन् । पालुङटारको लिगलिगकोटमा शनिवार आयोजित तेस्रो लिगलिगे साईकल दौड प्रतियोगिता बोल्दै उनले भने ‘बिचमा दुई महिना हामी चुक्यौँ, अहिले फेरी हामीबिच तालमेल भएको छ, दुई महिनामै करेक्सन भएको छ ।’

गोरखाका जनताले कांग्रेस र माओवादीलाई मिलेर जान सन्देश दिएको बताउँदै उनले मतको कदर र कर्तब्य निर्वाहकालागि पनि सबै मिलेर गोरखाको बिकासको मोडल तयार गरिरहेको बताए । ‘स्थानीय सरकारले के गर्ने, प्रदेशबाट म लगायत साथीहरुले के गर्ने र संघबाट के गर्ने भन्ने हामीले योजना बनाएका छौँ’ उनले भने ।

लिगलिगकोटको पहिचान जोगाउने, आकर्षणको केन्द्र बनाउने पहिलो जिम्मेवारी स्थानीयको भएको उनले बताए । सबै कुरा सरकारले मात्रै गरिदिनुपर्छ, गरिदिन्छ भन्ने सोच रह्यो भने पुरा नहुने बताउँदै उनले भने ‘साईकल दौड, लिगलिगे राजा हुने प्रतियोगिताले लिगलिगकोटलाई चिनाएको छ ।’ लिगलिगकोटको इतिहास र परम्परा अनुसार भने बिकास हुन नसकेको उनले बताए ।

कटहरे हर्मी सडक कालोपत्रे सुरु हुने, चेपे करिडोर र कृषि सडकलाई पुरा गर्न, चुनावमा भनिएका मूख्य सडकलाई १२ रै महिना गाडी चल्ने बनाउन गोरखाबाट निर्र्वाचित प्रधानमन्त्री, गोरखाली उपप्रधानमन्त्री अहिले पाएकाले यो अवसर पनि भएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्