
गोरखा र तिब्बतको सीमा क्षेत्रमा नेपाली सेनाको गस्ती
नेपाली सेनाको गस्तीटोली गोरखा र तिब्बतको सीमा क्षेत्रमा पुगेको छ । गोरखास्थित रिपुमर्दन गणको गस्ती टोली गस्तीका क्रममा चुमनुब्री गाउँपालिकास्थित सीमा क्षेत्रमा पुगेको हो ।
सो टोलीलाई चुमनुब्री गाउँपालिकाका प्रमुख निमा लामाले स्वागत गरेका छन् ।
सो टोली ३५ नंबर सीमास्तम्भ रहेको चुमनुब्री १ को रुइलाभञ्ज्याङसम्मका लागि गएको लामाले बताए ।
दुई देशीय सीमा क्षेत्रमा गस्ती गर्ने नेपाली सेनाको नियमित कामअन्तर्गत पर्छ ।




