| बुधबार, कार्तिक २५, २०८३

रास्वपाको ७ सदस्यीय गोरखा नगर समिति, सभापति र कोषाध्यक्ष चयन बाँकी

राष्ट्रिय स्वतन्त्र पार्टीले गोरखा नगर समिति चयन गरेको छ । सभापति र कोषाध्यक्ष पछि चयन गर्ने गरी बिहिवार सदरमुकाममा भएको भेलाले सात सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपसभापतिमा शान्ति अर्याल, सचिव पदमप्रसाद भट्टराई, सदस्यहरु बिनोद काप्री, सुजन अधिकारी, होमबहादुर पन्त, बासुदेव काराखेती र अर्जुन बानियाँ रहेका छन् ।

केन्द्रीय समितिका सहमहामन्त्री कबीन्द्र बुर्लाकोटीको विषेश उपस्थितिमा भएको भेलाले स्थानीय छायाँ सरकार पनि गठन गरेको नवगठित समितिका सचिव अमृत भट्टराईले बताए । समितिको संयोजकमा गणेशमानसिंह बस्नेत, सदस्यहरु रामबहादुर खड्का, रामप्रसाद ढकाल रहेका छन् ।

बिभिन्न सातवटा बिभाग पनि गठन भएको छ । गोरखा काठमाडौँ सम्पर्क समिति प्रमुखमा बेगबहादुर परियार, कृषि सहकारी प्रमुखमा पर्शुराम बस्नेत, प्रचार प्रमुख अजित अधिकारी, प्रशिक्षण प्रमुख सुवास कंडेल, महिला सामाजिक प्रमुख पशुपति खत्री, संगठन बिभाग प्रमुख इश्वरप्रसाद श्रेष्ठ र उद्योग तथा बाणिज्य प्रमुख राजु बराली रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्