| बुधबार, कार्तिक २५, २०८३

धार्चेमा विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय महिला दिवस मनाइयो

११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा धार्चे गाउँपालिकाले विविध कार्यक्रम गरी मनाइएको छ । गाउँपालिकाको आयोजनामा माछाखोलामा बुधबार विविध कार्यक्रमको आयोजना गरिएको हो ।

मार्च ८ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गाउँपालिका स्तरीय जनचेतनामुलक लोक गीत प्रतियोगिता, डोरी फुकाई र बेलुना फुटाई लगायतका कार्यक्रम संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए ।

विहान ११ बजे गाउँपालिका कार्यालयबाट सुरु भएको प्रभातफेरी कार्यक्रम माछाखोला बजार हुदै गाउँपालिकाको सभाहलमा कोणसभामा परिणत भएका थियो । ¥यालीमा गाउँपालिका कर्मचारी, वडाका आमा समूह, स्वास्थ्य स्वयमसेविका, विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा गाउँपालिका स्तरीय जनचेतनामुलक लोकगीत प्रतियोगिता भएको थियो । ५ टिमको सहभागिता रहेको उक्त प्रतियोगितामा सेलका कुण्ड आमा समुह काशीगाउँ प्रथम भएको अधिकृत सुनारले जानकारी दिए । धार्चे आमा समूह गुम्दा दोस्रो र लालीगुराँस आमा समूह उहिया तेस्रो भएको छ । उनीहरुलाई क्रमशः नगद पाँच हजार, तीनहजार र १५ सयसहित प्रमाणपत्रले सम्मान गरेका थिए ।

त्यस्तै, डोरी फुकाउने प्रतियोतिमा आसमाया गुरुङ र हासमाया गुरुङ प्रथम भएका छन । उनीहरुलाई एकहजार नगद सहित प्रमाणपत्रले सम्मान गरिएको उनले बताए । उक्त प्रतियोगितामा १० टिमका २० जनाको सहभागिता रहेका थिए ।
सोहि अवसरमा भएको बेलुन फुटाइमा जनजागृति मावि माछाखोलाका खुश्बु गुरुङ प्रथम भएकीे छन् । उनलाई नगद एक हजारसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

धार्चे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारको अध्यक्षता तथा गाउँपालिकाका उपप्रमुख सुनिला गुरुङको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा धार्चे गाउँपालिकाको नेपाल समाजवादी पार्टी अध्यक्ष विसु गुरुङ, कार्यपालिका सदस्य पासमाया गुरुङ लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्