
महिला संघ नगर समितिद्धारा महिलाका सवालमा अन्तरक्रिया
एक सय १३ औँ अन्तराष्ट्रिय महिला श्रमिक दिबसको अवसरमा बुधवार नेपाल महिला संघ गोरखा नगर समितिको आयोजनामा अन्तरक्रिया कार्यक्रम भएको छ । नगर समितिका सभापति बिनाकुमारी श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा महिला संघका जिल्ला अध्यक्ष मनकुमारी गुरुङ, नेपाली कांग्रेस गोरखाका सचिव किशोरजंग थापा, नेविसंघ गोरखाका अध्यक्ष सुभास अधिकारी लगायतले मन्तब्य राखेका थिए ।
महिलाहरुको हक अधिकारका विषयमा जति कुरा गरेपनि अहिलेपनि महिलामाथिको बिभेद कायम रहेको कार्यक्रममा सहभागी महिलाहरुले बताएका थिए । साथै उनीहरुले महिला हक अधिकारकालागि सबै महिला नेतृत्वहरु एकजुट हुनुपर्नेमा जोड दिए ।
गाउँ टोलदेखि नै महिलालाई नेतृत्व गर्ने अवसर दिनुपर्ने र महिलाहरुपनि अवसर लिन तयार हुनुपर्नेमा सहभागीको जोड दिएका महिला संघ गोरखा नगर समितिका सचिव रञ्जिला श्रेष्ठले बताईन । कार्यक्रममा बिभिन्न वडाका महिलाहरुको उपस्थिती रहेको थियो ।
महिला दिवशकै अवसरमा गोरखाली हस्तकला उद्योगले सोही उद्योगमा कार्यरत रुकु थापामगरलाई सम्मान गरेका छन ।
बुधबार अन्तर्राष्टिूय श्रमिक महिला दिवसको अवसरमा मगरलाई सम्मान गरिएको उद्योगका अध्यक्ष रिता रेग्मीले बताइन् । दोसल्ला र सम्मान पत्रद्धारा उद्योगमा कार्यरत थापामगरलाई सम्मान गरिएको उनले बताए ।

उद्योगका अध्यक्ष रेग्मीको अध्यक्षता तथा गोरखा नगरपालिकाकी निवर्तमान उपप्रमुख विना श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेस गोरखाका सचिव किशोरजंग थापा लगायत उद्योगमा काम गर्दै आएकाकर्मचारीहरुको उपस्थिति रहेको थियो ।




