| बुधबार, कार्तिक २५, २०८३

११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस

सम्झना देवकोटा

मार्च ८, सन् : २०२३ । हरेक वर्ष मनाउृने गरेको महिला दिवश यस वर्ष पनि मनाउन लागिएको छ । महिला दिवश मनाई रहदा यसको ऐतिहासिक महत्व र वर्तमानमा यसको अवस्थाको बिषयमा जानाकारी राख्नु पर्छ । यस दिनलाई विश्वका महिलाहरुले निक्कै महत्वका साथ ऐतिहासिक महिला अधिकार प्राप्ति दिवशका रुपमा मनाउने गरेका छन । हरेक वर्ष मार्च महिनाको ८ तारिकमा मनाईने महिला दिवश यस वर्ष ११३ औं अन्तराष्टिूय श्रमिक महिला दिवशको रुपमा मनाईदै छ ।

यो दिवश नेपाल सहित विश्वभर मनाइृने गरिन्छ । महिला दिवशको इतिहास देखि वर्तमान सम्म नियाल्दा महिला अधिकार प्राप्तीको आन्दोलन देखि राष्टिूय र अन्तराष्टिूय कानून निर्माण र कार्यन्वयनको अवस्थाका साथै महिलाहरुको सामाजिक आर्थिक र राजनीतिक अवस्थाको वारेका विश्लेषण गरिनु पर्छ ।

सन २००८ मा महिलाहरुले श्रमको मुल्य, अस्तित्व र सुरक्षाको बारेमा न्यूयोर्क सिटीको कपडा कारखानामा कामगर्ने श्रमिक महिला लगायत करिव १५ हजार श्रमिक महिलाहरुले श्रमको ज्याला राम्रो हुनु पर्ने, महिलाको कामगर्ने समय दिउसोको समयमा ८ घण्टाको हुनु पर्ने र राजनीतिक रुपमा मतदानको अधिकार हुनु पर्ने माग सहित ¥याली गरेका थिए ।

त्यसको १ वर्ष पछि अमेरिकाको समाजवादी पार्र्टीले यसलाई महिला अधिकार दिवशको रुपमा घोषणा गरेको थियो । यस ऐतिहासिक आन्दोलनको दिनलाई अन्तराष्टिूय दिवश बनाउनु पर्ने माग ल्काराजेटकीनले उठाउदै आईन । सन १९१० मा १७ देशका १०० जना महिलाहरुको सहभागितामा कोपनहेगनमा कामकाजी महिलाहरुको अन्तराष्ट्रिय सम्मेलन भयो ।

ल्काराजेटकीनले सन २००८ मा अमेरिकामा भएको श्रमिक महिला आन्दोलनलाई अन्तराष्टिूय श्रमिक महिला दिवशको रुपमा मनाउनु पर्ने माग राखिन । त्यस सम्मेलनमा सबै सहभागिहरु सहमत भई दिवश मनाउने निर्णय भयो । पहिलो पटक सन १९११ मा अस्टिूया, जर्मनी, डेनमार्क, र स्विजरल्याण्डमा यो दिवश मनाईयो । यो दिवश कुन दिन मनाउने भन्ने तोकिएको थिएन । सन १९१७ मा रुसमा भएको युद्धकालिन आन्दोदनमा रुसी महिलाहरुले रोटी र शान्तिको माग राखि आन्दोलन गरे र यो आन्दोलन निकै प्रभावकारी बन्यो ।

महिला आन्दोलन भएको ४ दिन पछि त्याहाँको संम्राटले पद त्याग्न बाध्य भए र त्याहाँको अस्थायी सरकारले महिलाहरुको मागलाई सम्वोधन गर्दै मतदानको अधिकार दियो । महिला आन्दोलन शुरुभएको मिति त्याहाँको जुलियन पात्रो अनुसार फेव्रुवरी २३ आइतवार थियो । त्यो दिन ग्रिगोरियन पात्रो अनुसार मार्च ८ पर्न गयो र त्यसपछि महिलाहरुले यस आन्दोलनलाई निरन्तरता दिदै आए ।

संयुक्त राष्टूसंघका हरेक विषयगत सभामा यो विषय उठान भईनै रहेको थियो । महिलाहरुको यस महत्वपूर्ण मागलाई संयुक्त राष्ट्रसघंले सन १९७५मा मान्यता प्रदान गरेको थियो । त्यसपछिका हरेक वर्षहरुमा यो दिवश मनाउन शुरु गरियो । आजको दिनमा हामी ११३ औं दिवशको रुपमा मार्च ८ कै दिन अन्तराष्टिूय श्रमिक महिला दिवश मनाई रहेको छौं । यो दिवश महिलाहरुमाथि हुने गरेको लैङ्गिक असमानता विरुद्ध समनाताको पक्षमा उठाईएको आन्दोलन थियो ।

आजको सन्दर्भमा यसका उपलब्धि, संरक्षण र कार्यन्वयनको समिक्षा गरि आगामी दिनको योजना निर्माण गरि मनाउदै छौं । यस वर्ष महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको राष्टिूय नारा “लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार” भन्ने नारा तय गरेको छ भने संयुक्त राष्टूसघंले “ डिजिटल लैङ्गिक समानताको लागि नवप्रवर्तन र प्रविधि” भन्ने अन्तराष्टिूय नारा तय गरेको छ ।

यसै ११३ औं अन्तराष्टिूय श्रमिक महिला दिवशको सन्दर्भमा राष्टूको महिला आन्दोलनको मुल प्रवाहको रुपमा काम गर्दै आएको राजनीतिक संगठन अखिल नेपाल महिला संघ ( नेकपा )एमाल)े निकट महिला संगठन) ले यस बर्षको सांगठानिक नारा “संवृद्ध नेपाल सुखी नेपाली हाम्रो अभियान, समान सहभागिताको लागि सुदृढ संगठन ” तयार गरेको छ । यिनै नाराका साथ साझा अभियानको रुपमा केन्द्र, ७ वटै प्रदेश र ७५३ स्थानिय तह देखि वडा स्तर सम्म मनाइृदै छ । यस महिला दिवशलाई सार्थक बनाउन सरकारी निकाय, गैर सरकारी संघ संस्था र सामुदायिक तथा निजि क्षेत्र समेतको योगदान र सहभागिता आवश्यक छ ।

यस आन्दोलनलाई उठान गर्न जति कठिन भयो त्यतिनै अधिकार प्राप्ति र कार्यन्वयन गर्ने गराउने कार्य कठिन बनेको छ । सबैको साझा प्रयत्न विना यो उपलब्धिलाई संरक्षण गरी थप अधिकार प्राप्त गर्न सकिदैन ।
नेपालको सन्दर्भमा महिला अधिकार प्राप्ती तुलनात्मक रुपमा प्रगती तर्फ उन्मुख देखिन्छ । देशको समाजिक साँंस्कृतिक र सामाजिक क्षेत्रमा लैङ्गिक समानताको सकरात्मक संकेत देखिएको छ भने आर्थिक क्षेत्रमा महिलाहरुको सहभागिता कमजोर रहेकोले यस क्षेत्रमा बढि जोड दिनु पर्ने देखिन्छ ।

शिप र प्रविधिको क्षेत्रमा भएको कमिलाई अवका दिनहरुमा राज्यका ३ वटै तहका सरकारले महिलाका निम्ती कामको योजना बनाईनु पर्छ । राजनीतिक रुपमा भएका संंबैधानिक र कानूनी उपलब्धिहरुलाई कार्यन्वयन गरी थप उपलब्धिकोलागि सबै सरोकारवाला निकायहरु संग सहकार्य गर्न आवश्यक देखिन्छ । प्राप्त अधिकारलाई उपयोग गर्दै आफुले निर्वाह गर्नुपर्ने कर्तब्य र सामाजिक मर्यादालाई आत्मसाथ गरी यस वर्ष तयार गरिएका नाराहरुलाई सफल कार्यन्वयन गर्न सकेमा हामी सबैको लक्ष्य पुरा हुन सहयोग पुग्ने देखिन्छ ।
हार्दिक धन्यबाद सहित सम्झना देवकोटा, गोरखा

प्रतिक्रिया दिनुहोस्