
डाक्टर राजेश अहिराजलाई एक लाख राशीको पृथ्वी पुरस्कार
प्रदेश नं २ का पूर्व प्रदेश प्रमुख डाक्टर राजेश अहिराज पृथ्वी पुरस्कारबाट सम्मानित भएका छन् । बेलायतस्थित संयुक्त राष्ट्रवादी नेपाली संगठनले शनिबार गोरखामा एक समारोह गरी उनलाई एक लाख रुपैयाँ राशीको पुरस्कार प्रदान गरेको हो ।
संगठनका अध्यक्ष भरत क्षेत्रीले उक्त पुरस्कार प्रदान गरेका हुन् । ३०१ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा घोषणा गरिएको पुरस्कार शनिबार प्रदान गरिएको अध्यक्ष क्षेत्रीले बताए ।
कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको बारेमा लेख, रचनाहरु लेख्ने, उच्च राष्ट्र छवि भएको र विभिन्न क्षेत्रबाट राष्ट्रलाई महत्वपूर्ण योगदान पु¥याएको व्यक्तिलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको अध्यक्ष क्षेत्रीले बताए । यसअघि डाक्टर सुरेन्द्र केसीलाई प्रदान गरिएको उनले बताए ।

कार्यक्रममा उनले नेपाल एकीकरणको क्रममा राष्ट्रनिर्माण पृथ्वीनारायण शाहले पु¥याएको योगदान तथा उनका दिव्योपदेशका बारेमा अभैm धेरै छलफल र बहसहरु हुनुपर्ने बताएका थिए । त्यस्तै, विद्यालयका पाठ्यपुस्तकमा शाहका बारेमा पर्याप्त कुराहरु नआएको बताउदै शाहले नेपाल एकीकरणमा गरेको योगदानहरु विस्तृतमा समेटिनुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै डाक्टर राजेश अहिराजले पृथ्वीनारायण शाहको दिव्योपदेशकै आधार बनाएर भारत र चीनले विकासको फड्को मारेको तर नेपालले बेवास्ता गरेकाले अहिले पिछडिनु परेको बताएका थिए ।
नेपालीहरुको सोचमा साझापन नहुँदा देश विकास हुन नसकेको बताउँदै सबै जातजाती एकजुट भएर समृद्ध राष्ट्र बनाउनमा लाग्नुपर्नेमा जोड दिए । नेपाल अविकसित नभई अव्यस्थित मुलुक बनेको उनले बताए । नेपालमा सबै कुरा भएको तर नेपालीले आफ्नो माटोको महत्व बुझन नसकेको उनले बताए ।
उनले तत्कालिन समयमा राष्ट्रनिर्माणमा सबै जातजातिको समान भूमिका रहेकाले गोरखा संग्रहालय भित्र मिश्र, मधेसी र मुस्लिमलाई सम्बोधन हुने खालका ग्यालरी हुनुपर्ने माग गरे ।
कार्यक्रममा आबुखैरेनीका पुर्व क्याम्पस प्रमुख ऋषि केसीले पृथ्वीनारायण शाहको योगदानका बारेमा चर्चा गरेका थिए भने द्रव्यशाह बहुमुखी क्याम्पस गोरखाका प्रमुख रामचन्द्र दुवाडीले गोरखा पृथ्वीनारायण शाहका बारेमा अध्ययन, अनुसध्यान गर्न, अरु शाहको बारेमा जानकारी दिनका लागि अनुसन्धान केन्द्र निर्माण गर्नुपर्ने बताए ।

कार्यक्रमलाई प्रताप थापाले सहजीकरण गरेका थिए । संगठनका अध्यक्ष भरत क्षेत्रको अध्यक्षता भएको कार्यक्रममा सम्मानित भएका डा राजेश अहिराज, आबुखैरेनी क्याम्पसका पुर्व क्याम्पस प्रमुख, द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख राचन्द्र दुवाडी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमलाई प्रताप थापाले सहजीकरण गरेका थिए ।




