| बुधबार, कार्तिक २५, २०८३

उत्तरी गोरखाको सामागाउँमा हिउँ पर्यो

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका वडा न. १ सामागाउँ लगायतका आसपासका क्षेत्रमा हिउँ परेको छ । शनिबार दिउसो तीन बजेदेखि हिउँ पर्न सुरु भएको सामागाउँ हेल्थपोष्टका कर्मचारी लक्ष्मण कार्कीले बताए ।

यसबर्ष यसअघि दुई तीन पटक मात्र हिउँ परेको र बीचमा एक महिना जति हिउँ परेको थिएन । अहिले करिब एक फिटसम्म हिउँ परेको कार्कीले बताए ।

हिमपातका कारण स्थानीयको स्थानीयहरुको जनजीवन प्रभावित भएको छ । हिमपातका कारण आगालागी नहुने, खेतीपाती राम्रो हुने र धुलो नउँड्ने भन्दै स्थानीयबासी खुशी भए पनि हिमपातका बेला जंगली जनावरले याकचौँरी मार्न थालेपछि किसानहरु चिन्तित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्