| सोमवार, अशोज १८, २०८३

गोरखाका तीन विद्यालयमा ‘ब्लडग्रुप’ पहिचान कार्यक्रम सम्पन्न

गोरखा नगरपालिकाका तीनवटा विद्यालयमा अध्ययनरत विद्यार्थीको रक्त समूह(ब्लडग्रुप) पहिचान गर्ने कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लव अफ गोरखा तारानगरको आयोजनामा गोरखा नगरपालिकाभित्र रहेका तीन वटा विद्यालयमा रक्त समूह पहिचान कार्यक्रम सम्पन्न गरिएको हो ।

नगरपालिकाको वडा नं १० विरेन्चोकको रत्नराज्य माविमा अध्ययनरत कक्षा नौदेखि कक्षा १२ सम्मका एकसय २५ जनाको रक्त समूह पहिचान गरिएको क्लवका अध्यक्ष यम बसेलले बताए । त्यस्तै, छेवेटारस्थित तारा माविमा एकसय ३५ जनाको र दश किलोस्थित महेन्द्र माविमा एकसय ४५ जनाको रक्त समूह पहिचान गरिएको उनले बताए ।

विद्यार्थीहरुको आफ्नो रगत समूहको पहिचान गर्न र विद्यार्थीहरुलाई केही भएमा वा कसैलाई केही भएमा आकस्मिक रगत चाहिएमा सम्पर्क गर्न सहयोग पु¥याउने उद्देश्यले रक्त समूह पहिचान कार्यक्रम संचालन गरिएको उनले जानकारी दिए ।

उक्त समूह पहिचान कार्यक्रममा लियो क्लवअफ तारानगरमा आबद्ध सदस्यहरुले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए । एपोलो हस्पिटल गोरखा र पिपल्स डाईग्नोस्टिक ल्याब्रोटरी गोरखाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा क्लवका अध्यक्ष यम बसेल, सचिव नवीन घिमिरे, कोषाध्यक्ष सन्तोष सिम्खडा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्