| बुधबार, कार्तिक २५, २०८३

प्रधानमन्त्री दाहाल आईतवार गोरखा आउँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल आईतवार गोरखा आउने तय भएको छ । आफ्नो निर्वाचन क्षेत्र गोरखा २ को बिभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुन उनी गोरखा आउन लागेका हुन् ।

बारपाक सुलिकोट गाउँपालिकामा आयोजित कार्यक्रम र शहीद दिलबहादुर रम्तेल स्मृती पार्कको उद्घाटनमा प्रधानमन्त्री दाहाल सहभागी हुने माओवादी केन्द्र गोरखाका इन्चार्ज अमर तमुले बताए ।

बारपाक सुलिकोटको कार्यक्रम सकेर प्रधानमन्त्री दाहाल पालुङटारको टाँठीपोखरीमा आयोजित कार्यक्रममा सहभागी हुनेछन् । त्यहाँ मतदातालाई धन्यवाद दिने गरी कोण सभा आयोजना गरिएको र सोही कार्यक्रममा प्रधानमन्त्री सहभागी हुने इन्चार्ज तमुले बताए । त्यसपछि उनी सोहीदिन काठमाण्डौँ फर्कनेछन् ।

प्रधानमन्त्री दाहाल बिहान ९ बजे नेपाली सेनाको हेलिकप्टरबाट गोरखा आउने जानकारी गृह मन्त्रालयबाट प्राप्त भएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्