
मानव सेवाको भवनका लागि औषधी व्यवसायी संघद्धारा २५ हजार सहयोग
नेपाली औषधी व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो स्थापना दिवसको अवसरमा मानवसेवा आश्रम भवन निर्माणका लागि २५ हजार ५ सय सहयोग गरिएको छ ।
बुधबार संघको तेस्रो स्थापना दिवसको अवसरमा संस्थाको भवन निर्माणमा सहयोग पु¥याउने उद्देश्यले आर्थिक सहयोग गरिएको संघको जिल्ला शाखा गोरखाका अध्यक्ष संगमबाबु श्रेष्ठले बताए ।
संघले मानव सेवा आश्रमका अभिभावक इश्वरकाजी मास्केलाई उक्त रकम रकम हस्तान्तरण गरेका थिए ।
सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा गोरखा नगरपालिकाकी उपप्रमुख मसली माया थोकर लगायतका संघमा आवद्ध औषधी व्यवसायीहरुको सहभागिता रहेको थियो ।




