| बुधबार, कार्तिक २५, २०८३

भिमसेनथापामा घुम्ती माटो परिक्षण शिविर सुरु

कृषि ज्ञान केन्द्र, गोरखा र माटो तथा मल परिक्षण प्रयोगशाला पोखराको आयोजना तथा कृषि शाखा भिमसेन थापा गाउँपालिकाको सहयोगमा घुम्ती माटो परिक्षण शिविर सुरु भएको छ ।

मंगलबारबाट गाउँपालिकाको केन्द्र बगुवामा माटो परिक्षण शिविर सुरु भएको कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख परशुराम अधिकारीले बताए ।

माटोमा विरुवालाई चाहिने खाद्यतत्व कति छ भनेर थाहा पाउन माटो परिक्षण गर्ने गरिएको हो । मुख्य गरेर माटोमा नाइट्रोजन, फस्फोरस् र पोटासको मात्रा कति छ भनेर परिक्षण गरिने उनले बताए । त्यस्तै, माटोमा अम्लियपना र क्षारीयपन समान रुपमा छ छैन भनेर चेकजाँच पनि गरिनेछ ।

शिविरमा गाउँपालिकाको आठ वटै वडाबाट किसानहरुले माटो परिक्षण गर्न आएका थिए । भोलि सम्म चल्ने शिविरमा एक सय २० भन्दा बढी माटोका सेम्बल परिक्षण गर्ने लक्ष्य रहेको छ । उक्त परिक्षणले माटोमा विरुवालाई चाहिने तत्वहरु सुधार ल्याउन सहयोग पुग्ने उनको भनाइ छ । त्यस्तै, माटो परिक्षण गरेर त्यस्को निराकरण गर्दै उत्तपादन वढाउन किसानको घरदैलोमा माटो परिक्षण घुुम्ति शिविर संचालन गरेको उनले बताए ।

माटो सम्बन्धि मुख्य विषय स्थलगत रुपमै जाँच गर्न सक्ने उपकरण सहितको प्रयोगशाला (भ्यान) मार्फत कृषकले केही समय भित्रमा नै आफ्नो जमिनको अवस्था बारे जानकारी प्राप्त गर्न सक्ने केन्द्रले जनाएको छ । शिविरमा पोखराबाट आएको चार जना र कृषि ज्ञान केन्द्रबाट तीन जना कर्मचारी खटिएका छन् ।

भिमसेनथापा गाउँपालिकासँगै अन्य सबै पालिकामा माटो परीक्षण शिविर हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्