| बुधबार, कार्तिक २५, २०८३

सबै जनतालाई समानरुपमा सेवा प्रवाह गर्न नेपाली काँग्रेस धार्चेको माग

नेपाली काँग्रेस धार्चे गाउँपालिका समितिले जनताहरुलाई सम्मान रुपमा सेवा प्रवाह गर्न गाउँपालिकालाई अनुरोध गरेको छ । आइतबार कांग्रेसका गाउँपार्टीका सभापति सन्तोष गुरुङले पालिका अध्यक्ष लक्ष्मण गुरुङलाई पालिका भित्रका सबै जनताले सम्मान रुपमा सेवा प्रवाह गर्न ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

स्थानीय तहमा नयाँ नेतृत्व आएसँगै १० महिनाको अबधि धार्चेको विकास निर्माण कार्यहरु गम्भिर रुपमा हेरिरहेकोको पार्टी सभापति सन्तोष गुरुङले बताए । सोहि सन्दर्भमा पालिकाभित्र वडावाट गरिने सिफारिस लगायतको सेवा प्रबाहमा कुनै वडामा सेवा शुल्क लिईएको, कुनै वडामा नलिईएकोले एउटै पालिका भित्र पनि विविधता भएको प्रति पार्टीको ध्यानाकर्षण भएको उनले बताए । सबै जनतालाई समानरुपले सेवा प्रवाह नगरिएको समेत ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

त्यस्तै, उपभोक्ता समिति गठन गर्दा पारदर्शी र सूचना प्रबाह राम्रोसँग भएको, वारपाक–लाप्राक सडक स्तरोन्नती र लापाक गुम्दा बीचको (६ किमि) सडक स्तरोन्नतीको टेण्डर र पालिकाले भाडामा लिएको गाडीको कोटेशन अपारदर्शी भएको, अझै पालिकाको वेभसाईटमा नराखिएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

पालिकाले अघिल्ला अधुरा योजनाहरु पनि धार्चेवासीको भएको तर यस अर्थिक वर्षमा ती योजनाहरुलाई उपेक्षा गरी रकम विनियोजन नभएको र अवकास नै दिन नपर्ने करारको कर्मचारीहरुलाई अवकास दिएपछि उत्पन्न मुद्दा मामिलामा वकिलमा भइरहेको अनाबस्यक खर्च लगायतका सम्बन्धी विषय समेटेर पालिकाका अध्यक्ष लक्ष्मण गुरुङलाइ ध्यानाकर्षण गराएको पार्टी सभापति सन्तोष गुरुङले जानकारी दिए । जनताको चासोको विषयलाई समयमै निराकरण गर्न अनुरोध गरिएको पार्टी सभापति गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्