| बुधबार, कार्तिक २५, २०८३

प्रजातन्त्र दिबसको अवसरमा गोरखा कारागारका ३ जनाको कैद मिनाह

प्रजातन्त्र दिबसको अवसरमा गोरखा कारागारका ३ जनाको कैद मिनाहा भएको छ । बहुबिवाह मुद्धामा कारागार चलान भएका रामबहादुर नेपाली, सुनिता नेपाली र सरकारी छाप दस्तखत किर्ते मुद्धाका निरोजखान मियाँले कैद मिनाहा पाएका हुन् ।

कैद सजाया मिनाहा पाएका तीनै जनाले ५० प्रतिशत कैद सजायाँ भुक्तान गरिसकेका कारागार शाखा गोरखाका प्रमुख गणेशप्रसाद भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्