
धार्मिक तथा पर्यापर्यटन प्रवद्र्धन गर्न मनकामना देखि गोरखकालीसम्म पदयात्रा
रोटरी क्लव अफ गोरखामा आवद्ध रोटरियनहरुले गोरखाको धार्मिक तथा पर्यापर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने उद्देश्यले नेपालको प्रसिद्ध मनकामना मन्दिरबाट गोरखकाली मन्दिरसम्म पदयात्रा सुरु गरेको छ । रोटरी क्लव अफ गोरखाको आयोजना तथा शहिदलखन गाउँपालिका र गोरखा नगरपालिकाको सहयोगमा क्लवमा आवद्ध पदाधिकारीले पदयात्रा सुरु गरेका हुन् ।
‘गोरखाको विकासमा पर्यटकको हात, पर्यटन प्रवद्र्धनमा रोटरीको साथ भन्ने उद्देश्यले यो यात्रा सुरु गरिएको हो’, रोटरी क्लव अफ गोरखाका अध्यक्ष कृष्ण ढकालले भने, ‘शुक्रबार विहान मनकामना मन्दिरबाट पदयात्रा सुरु भएको छ ।’
पदयात्रामा निस्केको टोलीलाई शहिदलखन गाउँपालिकाका अध्यक्ष रमेशथापा मगर, वडा अध्यक्ष, मनकामना क्षेत्र विकास समिति, उद्योव वाणिज्य संघ मनकामना इकाइ लगायत स्थानीयहरुले विहान नौ बजे मनकामनाबाट विदाई गरेका थिए ।
मनकामना मन्दिरबाट बक्रेश्वरी मन्दिर, सिद्ध लखन गुफा, लखन भ्युट टावर हुदै शुक्रबार वडा नं ६ स्थित कोटथोक गाउँमा रहेको होमस्टेमा बास बस्नेछ ।
दोस्रोदिन सोहि स्थानबाट विहान ६ बजेबाट चुलीभिर हुँदै गाउँपालिका वडा नं ७ बुङ्कोटमा रहेको काउले भँगार(विद्रोही किल्ला), हुदै गोरखकाली मन्दिरको हनुमान भज्याङसम्म पुगी कार्यक्रम समापन हुने अध्यक्ष ढकालले जानकारी दिए । पदयात्रामा क्लवका पदाधिकारी, जनप्रतिनिधि गरी १८ जना सहभागी छन् ।
मनकामना मन्दिरमा आउने धार्मिक पर्यटकहरुलाई गोरखकाली मन्दिरसम्म ल्याउन पदयात्रा गरिएको हो । वार्षिक रुपमा मनकामना आउने १० प्रतिशत पर्यटक गोरखकालीमा ल्याउन सके यहाँको आन्तरिक पर्यटन प्रर्वद्धनमा समेत धेरै सहयोग पुग्ने उनले बताए ।
पदयात्रा गरेको रुट पर्यटकीय दृष्टिकोणले पनि अत्यन्तै सुन्दर, मनमोहक रहेको र आफुहरु गाडी रोडमा भन्दा बढि धेरै गोरेटो बाटोमा हिड्न गरेको उनले जानकारी दिए । यसरी पदयात्रा गर्दा पदमार्गमा रहेको होमस्टे लगायतका व्यापार व्यवसायमा प्रवद्र्धन हुने उनको भनाइ छ ।




