| बुधबार, कार्तिक २५, २०८३

चुमनुब्री गाउँपालिकाको भवन बनाउन जग्गा दिने मन्त्रिपरिषदको निर्णय

गोरखाको चुमनुब्री गाउँपालिकाको भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । जग्गा नहुदा गाउँपालिकाको प्रमुख प्रशासकीय भवन वडा नं ३ सिर्दिबासमा भाडाको घरमा संचालन हुदै आएको छ ।

जग्गा प्राप्त भएसँगै गाउँपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गर्ने गाउँपालिका अध्यक्ष निमा लामाले बताए ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले तत्कालीन जिल्ला पञ्चायत सचिवालय, जिल्ला पशु सेवा कार्यालय, साविक सिर्दिवास ८ मा रहेको चार रोपनी ६ आना दुइ पैसा दुई दाम क्षेत्रफल जग्गा चुमनुब्रीको प्रशासकीय भवन बनाउन दिने निर्णय भएको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

गाउँपालिकाको अनुरोध पछि भूमि व्यवस्था मन्त्रालयले यो जग्गा दिनेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

प्रतिक्रिया दिनुहोस्