| बुधबार, कार्तिक २५, २०८३

सहिदलखनमा १८ जना कृषक सम्मानित

सहिदलखन गाउँपालिका भित्रका उत्कृष्ट कृषकहरुलाई सम्मान गरिएको छ । प्रजातान्त्रिक आन्दोलनका प्रथम सहित लखन थापा मगर तथा सहयोद्धा जयसिँह चुमीको १ सय ४६ औँ स्मृति दिवसको अवसरमा आयोजित एक समारोहका बीच किसानहरुलाई सम्मान गरिएको हो ।

९ वटा वडा रहेको पालिकाका कृषितर्फ उत्कृष्ट हुने ८ जना र पशु तर्फ उत्कष्ट हुने ८ जना गरी १६ जनालाई सम्मान गरिएको पालिकाका कृषि शाखा प्रमुख ऋषि रोकाले बताए । उनीहरुलाई जनही १० हजार ५ सय नगद सहित दोसल्ला ओडाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।

त्यस्तै, पालिका भरिबाट कृषि र पशु क्षेत्रका गरी दुई जनालाई सर्वोउत्कृष्ट कृषकका रुपमा सम्मान गरिएको छ । उनीहरुलाई जनही नगद रु १३ हजार पाँचसय नगद सहित दोसल्ला ओडाइ प्रमाणपत्रले सम्मान गरिएको हो । पालिकाका कृषि र पशुका गरी १८ जना कृषकलाई सम्मान गरिएको रोकाले जानकारी दिए ।

पालिकाका सूचना आह्वान गरेको सोहि सूचनाका आधारमा कृषकहरुले उत्पादन गरेको बस्तु, उनीहरुको वर्षभरिको आम्दानी र पालिकामा उनीहरुले कृषि क्षेत्रमा पु¥याएको योगदानका आधारमा छनौट गरी सम्मान गरिएको उनले जानकारी दिए । पालिकाले भूगोल अनुसार प्रत्येक वडालाई पकेट क्षेत्र घोषणा गरी कृषि र पशुको कार्यक्रम संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्