
क्वोने(घोताने÷घोण्डे) गुरुङ(तमु) समाज नेपाल गोरखाको अध्यक्षमा तोयाराज गुरुङ
क्वोने(घोताने÷घोण्डे) गुरुङ(तमु) समाज नेपाल गोरखाको अध्यक्षमा तयराज गुरुङ चयन भएका छन् ।
शनिबार बारपाकमा सम्पन्न समाजको प्रथम जिल्ला अधिवेशनबाट गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा पुष्कर गुरुङ, सचिवमा तेजबहादुर गुरुङ र कोषाध्यक्षमा स्मृति गुरुङ चयन भएका छन् ।
समितिको सदस्यहरुमा ज्ञानेन्द्र गुरुङ, तुलबहादुर गुरुङ, भीम गुरुङ मुलाल गुरुङ, मानशमशेर गुरुङ, राजकुमार गुरुङ र भीम गुरुङ रहेका छन् ।

देशभर छरिएर रहेका क्वोने(घोताने÷घोण्डे) समुदायलाई एकीकृत गर्न समिति गठन गरिएको समाजले जनाएको छ ।
समितिका वर्तमान अध्यक्ष तयराज गुरुङको अध्यक्षता तथा समाजका केन्द्रीय सचिव चेतबहादुर गुरुङ, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरुङ, धार्चेका निवर्तमान उपाध्यक्ष फुलमाया गुरुङ, नेपाली कांग्रेस गोरखाका निवर्तमान सभापति हरि बहादुर घले, नेपाली काँग्रेस बारपाक सुलिकोट गाउँपालिकाका सभापति जितबहादुर घले, नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीका सल्लाहाकार जितबहादु घले लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।




