
चुमभ्यालीमा छिपछिपे हिउँ
गोरखाको चुम उपत्यकामा गएरातीदेखि हिउँ परेको छ । मौसम बदलिएसंगै छिपछिपे हिउँ परेको स्थानीय छेतेन छम्बेल लामाले जानकारी दिए ।
उनका अनुसार अहिले पनि हिउँ परेको छ । पाखा पखेरामा र बारीका गराहरु हिउँले सेताम्मे भएका छन् । थोरै भएपनि सिँचाइ हुने आशाले किसानहरु खुशी भएका छन् । दिउसो हावा चल्दा धुलो नउँड्ने भएको लामाले बताए ।




