| बुधबार, कार्तिक २५, २०८३

गोनपा १४ गोप्लिङफाँटमा बस्ती जोड्ने गरी टेण्डर भएको पुल अन्यत्र सारेपछि स्थानीयको बिरोध्

गोरखा नगरपालिका वडा नम्बर १४ को गोप्लिङफाँट जोड्ने गरी टेण्डर भएको पक्की पुल बस्तीबाट टाढा सर्ने भएपछि स्थानीयले बिरोध गरेका छन् । गाउँबस्ती जोड्ने गरी टेण्डर भएको ठाउँमै पुल निर्माण हुनुपर्ने गोरखा नगरपालिका १४ का स्थानीयको माग छ ।

‘पहिले पुल बनाउने भनेर ‘स्वायल टेस्ट’सबै भईसकेको थियो, अहिले फेरि एकाएक किन पुल तल सारियो’ मस्र्याङ्दी नदी मोटरेबल पुल उपभोक्ता समितिका अध्यक्ष सीताराम भण्डारीले भने । गोप्लिङफाँट जोड्ने पुल मस्र्याङ्दी जलविद्युत आयोजनाको बाँधमा पर्छ । बाँध भएर पुल बनाउन सबै प्रक्रिया पूरा भइसकेको थियो । ‘मस्र्याङ्दी जलविद्युत आयोजनाबाट पनि अनुमति लिएका थियौँ, त्यहाँ नै बनाउन कुनै समस्या छैन भनेर आयोजनाले भनेको थियो’, पुल उपभोक्ता समितिका अध्यक्ष भण्डारीले भने । पुल निर्माण हुने भएपछि स्थानीयले समिति निर्माण गरेका थिए । निर्माण ब्यवशायी, पुल योजना सेक्टर नम्बर ४ पोखरासँग पटक पटक छलफल भएर पुल सुरु गर्ने निर्णय समेत भएको थियो तर निर्माण कम्पनीले पुल सुरु गरेन ।

आँबुखैरेनी गाउँपालिका २ एक्लेफाँट भएर गोरखा जोड्ने दुई सय मिटर लम्बाईको उक्त पुल निर्माण गर्न २०७७ भदौ १० गते एलिट कन्टूक्सन प्रालि काठमाण्डौँले सम्झौता गरेको थियो । २६ करोड ६३ लाखमा पुल बनाउने जिम्मा लिएको निर्माण कम्पनीले २०८० फागुन ९ गते सक्नुपथ्र्यो तर सुरु नै गरेको छैन । टेण्डर हुँदादेखि नै पुल आँबुखैरेनी २ को एक्लेफाँट गोनपा १४ को गोप्लिङफाँट जोड्ने गरी निर्माण गर्ने उल्लेख छ ।

अहिले निर्माण गर्ने भनिएको ठाउँ जलविद्युत आयोजनाको बाँधभन्दा तल रहेकाले त्यहाँ पानीको बहाव छैन । ‘पानी नै नहुने ठाउँमा पुल बनाउन ठेकेदारलाई सजिलो हुने भएर सिफारिस दिएको हुनुपर्छ’, स्थानीय रमिला खड्काले भनिन् ‘गाउँ जोड्ने गरी आएको पुल, यहाँ नै बनेको भए धेरै फाईदा हुन्थ्यो ।’

अहिले स्थानीय तहले सिफारिस गरेको ठाउँ आँबुखैरेनी २ को खेलमैदान नजिकबाट गोनपा १४ को बाँधसाईड भन्दा तल भुजेलबस्ती भन्ने ठाउँमा जोडिनेछ । गोरखातर्फ पुलसम्म जोड्ने सडक भएपनि तनहुँतर्फ भने सडक खुलेको छैन । पुल तरेपछि पनि राजमार्ग पुग्न करिब पाँच सय मिटर दुरी पर्छ ।

‘त्यहाँ पुल बनेर के अर्थ, प्रयोग नै नहुने भयो, यो बस्ती छोडेर बस्ती नै नभएको ठाउँमा पुलको के काम ?’ स्थानीय सन्तोष नहर्कीले भने । किसानले लगाएको तरकारी पृथ्वीराजमार्गबाट सहजै बिक्री गरौँला भन्ने आशमा रहेकाहरु निराश भएको उनले बताए । ‘यहाँ पुल बन्ने हो भने पाँच मिनेटमा राजमार्ग पुगिन्छ’, उनले भने, ‘दुई÷तीन किलोमिटर तल बनेपछि एक घण्टा समय लाग्छ ।’

उक्त पुल भएर लामाचौर, सलाङगिरी, गोप्लिङ, गोर्बुङ, छाकु लगायत ठाउँमा दुई सयभन्दाबढि घरधुरी लाभान्वित हुने स्थानीय जोतिन्द्र बुढाथोकीले बताए । गाउँ जोड्ने गरी निर्माण भएको झोलुङ्गेपुल डेढ वर्षअघि बाढीले बगाएको थियो । अहिले स्थानीय मस्र्याङ्दी जलविद्युत आयोजनाको बाँधमा रहेको पुलबाट आउजाउ गर्छन् । ‘हामीलाई बिहान ५ देखि बेलुकी ८ बजेसम्म मात्रै बाँधबाट आउजाउ गर्न दिइन्छ’, उनले भने, ‘राती केही भयो आउजाउ गर्नुप¥यो भने धेरै गाहूो छ’, उनले भने ।
अहिले बन्न लागेको पुल बाँध भन्दा पनि तल लगेपछि स्थानीयलाई सहज नहुने उनी बताउँछन् ।

‘दिउँसोको समयमा त बाँधबाटै जान छिटो हुने भयो, जनतालाई सजिलो हुने ठाउँ छाडेर किन पुल सारिएको हो हामी अचम्ममा छौँ’, उनले भने । पुल निर्माण हुने भएपछि स्थानीयले तनहुँतर्फ एक्लेफाँटमा पुलसम्मको जग्गा र गोरखातर्फ गोप्लिङफाँटमा पुलबाट निकास बाटो खनिसकेका थिए । निर्माण ब्यवशायीले पुल सुरु नगरेपछि स्थानीयले पटक(पटक निर्णय गरेर पुल थाल्न दबाव दिँदै आएका थिए ।

२०७९ माघ ४ गते गोनपा १४ वडा कार्यालयले गोप्लिङ र एक्लेफाँट जोड्ने गरी पुल निर्माण गर्न प्राविधिक रुपमा त्यस स्थानमा मस्र्याङ्दी हाईडूोपावरको ताल परेको भन्दै उक्त ठाउँमा पुल बनाउन उपयुक्त नहुने निर्णय गरेको छ । वडा अध्यक्ष गोपालबहादुर थापाले आँबुखैरेनी २ को कुँडुले र गोनपा १४ को भुजेलबस्ती जोड्ने गरी पुल बनाउन वडा समितिको माघ ३ गते सर्वसम्मत निर्णय भएको भन्दै निर्माण ब्यवशायीलाई सिफारिस दिन नगरपालिकालाई पत्र लेखेका छन् ।

२०७८ साउन ३१ गते तत्कालीन वडा अध्यक्ष रामबहादुर खड्काले पुल महाशाखालाई पत्र लेख्दै गोप्लिङ फाँट र एक्लेफाँट जोड्ने पुल तत्कालिन निर्माण थाल्न निर्माण ब्यवशायीलाई निर्देशन गर्न भनेका थिए । आँबुखैरनी २ को तत्कालीन वडा अध्यक्ष कटकबहादुर थापाले एक्लेफाँटबाटै उक्त पुल निर्माण प्रक्रिया अघि बढाउन पुल महाशाखामा पत्राचार गरेका थिए । पूर्व जनप्रतिनिधि र हालका जनप्रतिनिधिले गरेको सिफारिस बाझिएको छ ।

मस्र्याङ्दी जलविद्युत केन्द्रका तत्कालीन प्रमुख रामकुमार यादवले २०७४ असार ११ गते पुल निर्माणको टेण्डर हुनु अघि नै पुल महाशाखालाई पत्र लेखी ड्यामको ताल भएको ठाउँमा पुल बनाउन मिल्ने सिफारिस गरेका छन् । पुल निर्माणपछि अहिले बाँधबाट आउजाउ गरिरहेका स्थानीयबासी माथि बन्ने पुलबाट आउजाउ गर्दा बाँध साईट सुरक्षित हुने पत्रमा उल्लेख छ । पुल महाशाखाले टेण्डर आह्वान गर्नुअघि नै केन्द्रको राय लिएर प्रक्रिया थालेको थियो ।

गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर राना मगरले नयाँ ठाउँ कुँडुले र भुजेलबस्ती जोड्ने गरी पुल निर्माण गर्दा कुनै कठिनाई नपर्ने, भौगोलिक सहजता हुने, स्थानीयलाई पनि पायक पर्ने देखिएकोले सोही अनुसार पुल निर्माण प्रक्रिया अघि बढाई सहयोग गरिदिन भनेका छन् ।

पत्रमा उनले स्थानीय तह, स्थानीयबासीबाट आएको बिवाद अब उप्रान्त नआउने, आएको खण्डमा नगरपालिका र वडा कार्यालयबाट नै समस्या समाधान गर्ने उल्लेख गरेका छन् । पत्र पाएपछि नापजाँच गर्न आएका निर्माण ब्यवशायी र पुल योजना सेक्टर ४ का कर्मचारीलाई स्थानीयले पहिलेकै ठाउँमा बनाउनुपर्ने अडान राख्दै केहीदिन अघि फिर्ता पठाएका छन् । वडा अध्यक्ष गोपालबहादुर थापाले पुलको ठेक्का रद्ध हुने भएपछि बाँध भन्दा तल सारिएको बताए ।

‘माथि फेरि झोलुङ्गे पुल बन्छ, आएको पक्की पुल जाने भने भनेर मैले बाँध तल भएपनि बनाउनुपर्छ, जनतालाई फाईदा हुन्छ भनेको हो’ उनले भने । पुल योजना सेक्टर नम्बर ४ पोखराका आयोजना प्रमुख नबराज बास्तोलाले पुल निर्माण गर्दा मस्र्याङ्दी जलविद्युत आयोजनाले पानी खाली गर्न नसक्ने भनेपछि निर्माण गर्न समस्या भएको बताए ।

‘निर्माण जिम्मा लिएको कम्पनीले पुलको डिजाईन गर्न संकेत, दुई वर्षसम्म ठाउँ यकिन गर्न नसकेपछि ठेक्का रद्ध गर्न निवेदन आएको छ’ उनले भने । टेण्डर भएकै ठाउँमा पुल बनाउनुपर्ने भएपनि पहिलेको ठाउँ उपयुक्त नभएपछि स्थानीय तहसँगको सहमतिमा नयाँ ठाउँ खोजिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्