| बुधबार, कार्तिक २५, २०८३

गोरखामा माघ २८ गते गुरुङ चलचित्र ‘आफनो कर्म’ प्रर्दशन हुने

गोरखामा माघ २८ गते नेपाली भाषामा आधारित ‘आफ्नो कर्म’ नामक गुरुङ चलचित्र प्रर्दशन हुने भएको छ । गोरखा सदरमुकाममा रहेको गोरखाली चलचित्र मन्दिरमा उक्त चलचित्र प्रदर्शन हुन लागेको हो ।

काठमाडौ, पोखरा र मलेसियामा सफल प्रदर्शनपछि गोरखामा माघ २८ गते प्रदर्शन गर्न लागिएको चलचित्रका निर्देशक जनक गुरुङले बताए ।

जनक गुरूङको कथा पटकथा तथा निर्देशनमा रहेको चलचित्रमा वीरबल घले (विरूप), अनुता गुरूङ, रबिन गुरूङ, आकृति गुरूङ, मन्त्रीजंग गुरूङ आदिले अभिनय गरेका छन् ।

स्याङजा जिल्लाको सुन्दर कोल्मा गाउँमा छायाङ्कन गरिएको यश चलचित्रले बाध्यताले विदेशिएका आम नेपालीहरूको कथा व्यथा अनि आँशु र हाँसोलाई देखाईएको हुँदा नेपाली परिवेशसँग मिल्दोजुल्दो रहेको निर्देशक जनक गुरूङले बताए ।

गुरूङ संस्कृतिमा भए पनि परदेशमा भएका नेपालीहरू र उनीहरूका परिवारले भोगेका दुःखसुखका विषयमा आधारित भएकोले माघ २८ गते समय मिलाएर चलचित्र हेर्न आउनका लागि गोरखामा रहेका सम्पुर्ण गुरूङ तथा गैर गुरूङ दर्शकहरूलाई निर्देशक गुरुङले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्